भूकम्पको एक बर्ष : यि हुन् रियल लाईफका तक्मे बुढा, जसलाई ज्यानभन्दा तक्मा प्यारो छ I

-वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दू बारपाक थियो । बारपाकसँग सिमा जोडिएको अर्को गाविस लाप्राकमा यसको असर भयंकर रह्यो । लाप्राकमा सग्ला घर नै छैनन् । भूकम्पपछि पहिरो आउने डरका कारण मानिस रातारात भागिरहे । तर, त्रासदीको समयमा घरबाट छोरीले उठाएर बाहिर लगिसकेपछि पनि आइत्यसे गुरुङ फेरि घर फर्किए । उनका आफन्त गणेश गुरुङ भन्छ

न् –‘उहाँलाई जेठी छोरीले घरबाट निकालेर बाहिर ल्याउनु भएको रहेछ । तर दुई घण्टापछि एकाएक गायब हुनुभयो । पछि थाहा भयो तक्मा झिक्न उहाँ तल घरमै झर्नु भएको रहेछ ।’ आइत्यसेले अन्तत तक्मा लिएरै फर्किए । अहिले गर्वका साथ उनी लडाँईका कथा सुनाउँछन् । उमेरले बुढ्यौली छोइसकेका कारण उनलाई अरु विषयमा खास रुची छैन् । तर, लडाँईको कुरा गर्दा उनी पुरानै जोशमा फर्कन्छन् । उनले पाकिस्तान र चीन विरुद्धको लडाँईमा भारतका लागि भिडे । हामी माघको मध्यतिर पुग्दा उनी गुप्सीपाखास्थित आफ्नो अस्थायि शिविरमा थिए । यस शिविरमा जाडोको समयमा बस्न निकै अफ्टेरो हुने उनको बुझाई छ । सरकारले घर बनाउने पैसा दिन्छु भनेपनि उनी सरकारी आश्वासनमा खास विश्वास गर्दैनन् । भन्छन् ‘कहिले २ लाख दिन्छु भन्छ । कहिले ३ लाख दिन्छु भन्छन् । खै कहिल्यै दिने हो कहिले ?’ लाप्राकमा पहिरोले असर गरेका कारण तल बस्ती सार्न नमिल्ने उनको भनाई छ । माथि गुप्सी पाखामा हिउँले असर गर्दैन भन्ने प्रश्नमा उनको जवाफ थियाmे ‘अब जाडो त सकिनै लाग्यो ?’ अनि वर्षामा पानीले पाल बगाउला नि भन्दा उनी हाँस्दै जवाफ फर्काउँँछन्–‘बगाउँदैन ।’ सन् १९६५ र ७२ को लडाँईमा भारतका लागि भिडेका आइत्यसेसँग थुप्रै तक्मा छन् । पुरानो घरमा उनले यि तक्मा सजाएर राखेका थिए । तर भूकम्पले घर भत्किएपछि अस्थायि शिविरमा बस्नुपर्दा उनले तक्मालाई सन्दूकमा लुकाएर राखेका छन् ।आफ्नो गरिखाने उमेर उनले भारतीय सेनाका लागि खर्चिए । अहिले पनि उनी भारतको पेन्सन खाएर बसेका छन्डाँ 


ईको अनुभव उनको यस्तो छ हामी लडाँईमा जाँदा रम खान्थ्यौ । त्यसपछि काट्न मात्रै मनलाग्ने । रम खाएपछि दुष्मन काट्न मनलाग्ने को थियो दुश्मन ? उनको उत्तर छ –‘पाकिस्तान ’ अहिले पनि पाकिस्तानसँग प्रतिशोध छ भन्दा उनी भन्छन्–‘ अहिले त शान्ति भयो । अब छैन् ।’ छुट्टीमा घर खाएका कारण ७२ सालको 
लडाँई लडेर पनि तक्मा लिन नपाएको उनी बताउँछन् ।
 के भन्छन्, पूर्व भारतीय गोर्खा मार्सिङ गुरुङ ?
मार्सिङ गुरुङ पनि कुनै समय भारतीय सेनामा थिए । अहिले उनी गाउँमा समाजसेवीका रुपमा काम गरिरहेका छन् । भारतीय सेनाको पेन्सन समेत समाजसेवामा खर्चने गुरुङ नेपाली युवाहरु फौजिमा भर्ति हुनु व्यक्तिगत रुपमा राम्रो विषय भएपनि देशका लागि दुग्भार्य रहेको बताउँछन् । ‘मैले पनि सेनाको तालिम लिएर फौजिमा भर्ति हुन पाउँदा निकै गर्व महसूस गरेको थिएँ । तर बिस्तारै थाहा भयो । देशका लागि यो निकै घातक निर्णय हो । तत्कालिन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको यो सम्झौताले हाम्रो देशका सक्षम युवाहरुलाई पलायन गराएको छ ।’ के भन्छन् मार्सिङ ? उनी अब युवाहरु पुननिर्माणका लागि देश फर्कनुपर्ने खाँचो रहेको बताउँछन् । लाप्राकजस्ता थुप्रै गाउँहरु नव निमार्णको पर्खाइमा रहेको र त्यसका लागि सक्षम युवाहरुको खाँचो रहेको मार्सिङ बताउँछन् । 

भूकम्पपछि के भएको छ लाप्राकमा ? लाप्राकको मुख्य पेशा कृषी हो । यसबाहेक यो गाउँ टे«किङ गाईडहरुको गाउँ भनेर पनि चिनिन्छ किनकी यहाँका थुप्रै युवाहरु टे«किङ पेशामा आबद्ध छन् । लाप्राकका केही थुप्रै युवाहरु भारतीय सेनामा समेत सेवा गर्छन् । भर्खरै एक युवाले बेलायती सेनामा समेत प्रवेश पाएको स्थानियवासीहरुले जनाकारी गराएका छन् । महाभूकम्पपछि लाप्राक गाउँ पुरै क्र्याक भएका कारण बस्ती बस्नयोग्य रहेन । त्यसपछि यो बस्ती गुप्सीपाखा सर्यो ।

 तर, गुप्सीपाखामा समस्या झनै बढी छ । सरकारले बिजुली, खानेपानी लगायतको प्रबन्ध मिलाउन नसक्दा स्थानियवासीहरु मारमा छन् । जाडोको समयमा हिउँले दुख दिन्छ, वर्षातमा पानीले टेन्ट बगाएर लैजाने खतरा हुन्छ । भूकम्पको केन्द्रविन्दू बारपाक भएका कारण थुप्रै संघ संस्थाहरुले बारपाकमा राहत वितरण गर्दै आएका छन् । केही संघ संस्थाहरु सहयोगी मन लिएर लाप्राक पनि पुगेका छन् ।

 तर समून्द्री सतहबाट झन्डै ३ हजार फिटमाथि रहेको लाप्राकका लागि सरकारले कुनै विशेष योजना नबनाएका कारण यो बस्ती खतरामा छ । सबैभन्दा ठूलो खतरा भनेको मानिसहरु सुविधाको कमीका कारण पुरानै गाउँ फर्कनु हो । तीन महिनाअघि हामी लाप्राक पुग्दा स्थानिय गणेश गुरुङको भनाई थियो –‘सरकारले कुनै सुविधा उपलब्ध नगराएका कारण मानिसहरु तलकै बस्तीमा फर्कन थालेका छन् । जबकी पहिरोका कारण तल (गाउँ) बस्न योग्य छैन् । मर्नुभन्दा बहुलाहुनु वेश भनेझैँ भएको छ । यहाँको अवस्था ।’

0 comments

Write Down Your Responses