अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको ज्यान गए

एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको ज्यान गएको छ । 


अधिकारीका अनुसार यो आत्मघाती हमला अफगानी जासुससी संस्थाको कार्यालय नजिकै भएको हो । पूल ए मेहमुद खान क्षेत्रमा विस्फोट भएको थियो । यसस इलाका अमेरिकी दूतावास पनि रहेको छ।यो आक्रमणको आवाज यति ठूलो थियो कि दूतावासको साइरन समेत बजेको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको छ। अफगानिस्तानका असरफ घानीले हमलाको निन्दा गर्दै यसलाई कायरतापूर्ण आतंकवादी हमलाको संज्ञा दिएका छन् । पुल ए मेहमुद खान क्षेत्रमा विस्फोट हुँदाको आवाज कयौं माइल परसम्म सुनिएको थियो ।

,

0 comments

Write Down Your Responses