उत्तर कोरियामा एक हप्तासम्म वैवाहिक र कर्मकाण्ड गर्नलाई गर्न रोक

उत्तर कोरियामा यो हप्ता हुने वैवाहिक र कर्मकाण्ड गर्नलाई रोक लगाइएको छ। उत्तर कोरियाका नेता किम जोङ ऊनको तानाशाही प्रवृतिको उत्सव मनाउन लागिएको अवसरमा यस्तो उर्दी जारी गरिएको हो। 


यो अवसरमा किम जोनङ उनको पार्टीले एउटा ठूलो बैठकको आयोजना गरेको छ। जुन बैठक करीब ३६ वर्ष पछि हुन गइरहेको छ। पछिल्लो चार वर्षको दौरानमा किम जोङ उनले उत्तर कोरियामा सर्वोच्च नेताको छवि बनाउँदै दबदबा कायम गरेका छन् । यही मौकामा आउदो मे ६ मा हुने समिटमा किमको विशेष उत्सव मनाउन लागिएको हो। यसका साथै किम जोङलाई उत्तर कोरियाको 'न्यूक्लियर आर्म्ड नेशन'को रुपमा घोषणा गरिने कार्यक्रम तय गरिनेछ। 

३६ वर्षपछि हुन लागेको उक्त विशेष समारोहमा धेरै आगन्तुकहरु सहभागीको लागि उत्तरको कोरियाको पयोङग्याङ पुग्नेछन्। राजधानी पयोङग्याङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। यो विशेष समारोहमा कुनै पनि भ्रमपूर्ण कार्य नहोस भनेर बच्नको लागि विवाह र कर्मकाण्डलाई बन्द गरिएको छ। तर, विशेषज्ञहरुले उत्तर कोरियाले गरेको यो कार्यको आलोचना गरेका छन्। दक्षिण कोरियाका एक मन्त्रालयका प्रवक्ताले उत्तर कोरियाले यस्तो कार्य पहिलेदेखि नै गर्दै आएको आरोप लगाएका छन्। यसतै सिओलका योनसई यूनिभर्सिटीमा अध्ययनरत उत्तर कोरियाका विशेषज्ञ जोन डल्युरीका अनुसार यो बैठकले किमलाई धेरै उचाइमा पुर्याउने बुझिएको छ। यो बैठकमा किमले उत्तर कोरिया पूरै आफ्नो नियन्त्रणमा रहेको र जनताहरुलाई जे भने पनि मान्न तयार रहेको प्रमाण पेश गर्न सफल भएको विशेषज्ञहरुले निष्कर्ष निकालेका छन्।

,

0 comments

Write Down Your Responses