सुहागरातकै दिन नवविवाहित जोडीको साथमा अर्काे एक व्यक्ति पनि साथै !
काठमाडौं, ३ जेठ । हरेक मुलुकको आ–आफ्नै परम्परा र संस्कृति रहेको हुन्छ । एक मुलुकको परम्परा र संस्कृति अर्काे मुलुकलाई आश्चर्य लाग्नु अनौठो होइन ।
यस्तै एक अनौठो चलन छ – अफ्रिकाको । जहाँ सुहागरातका बेला नवविवाहित जोडी रहेको कोठामा एक अर्की महिला पनि रहन्छिन् ।
अफ्रिकाको केही गाउँमा विवाह पछि सुहागरातका बेला जोडीका साथमा एक वृद्धा महिला रहने चलन रहेको छ ।
ति वृद्धा महिलाले सुहागरातका बेला जोडीलाई वैवाहिक जिन्दगीका बारेमा जानकारी गराउने चलन रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
कुनै बेला दुलहीकी आमा समेत नवदुलादुलीको कोठामा गएर ठूलो स्वरले कुरा गर्ने पनि गरिन्छ ।
यस्तो अचम्मको चलन अफ्रिकामा मात्रै होइन अन्य मुलुकमा पनि रहेको छ ।
रोमानियामा विवाह पछि दुलहीलाई उनको साथीले दुलहाको अगाडि नै उठाएर लैजान परम्परा छ । त्यसपछि दुलहाले फिरौती तिरेर फिर्ता लिनुपर्ने हुन्छ । फिरौतीको रुपमा भोज मागिएको हुन्छ ।एजेन्सी


0 comments
Write Down Your Responses