यस्ता छन् महिलाका बुझ्न नसकिने केही कुरा….

महिलाहरुलाई बुझ्न त्यती सजिलो छैन । उनीहरु रहस्यमयी हुन्छन । यस्तो पनि भनिन्छ कि महिलाहरु हरेक काम योजना बनाएर गर्छन । तर सच्चाईमा यस्तो केही पनि नहुने बताइन्छ । महिलाहरुको धेरै शोख हुन्छन । 

उनीहरु धेरैजस्तो समय आफ्ना शोखलाई पुरा गर्न प्रयासरत हुन्छन । महिला तथा पुरुष दुवै आफुले आफुलाई कम त ठान्दैनन तर वास्तविक जीवनमा दुवै परफेक्ट हुँदैनन् । दुवैको यस्तो आदत हुन्छ जुन एक अर्कालाई मन पर्दैनन । युवतीलाई लाग्छ कि उनको सबैकुरा ठीक छ ।

 तर पुरुषहरुलाई महिलाको यि कुरा बुझ्न कठिन हुने गरेको छ । महिला एक्लै चेन्जिङ रुममा किन जादैनन : केटीहरु प्रायजसो समुह बनाएर लेडिज रुममा जान्छन । सबै महिला एकै चोटी वाश रुपमा जान्छन । छिन छिनमा लिपिस्टक तथा पाउडर लगाउछनः अधिकांश महिला आफ्नो झोलामा मिनी मेकअप बक्स लिएर हिड्छन । जब उनीहरु पार्टीमा जान्छन पाउडर लगाउछन ।

 उनीहरु हरेक पटक आफ्नो मेकअपमा ध्यान दिन्छन । पटकपटक वाश रुपमा गएर मेकअप गर्छन । हाँसो बुझ्न कठिनः महिलाहरुलाई मज्जाले हास्न मन पर्छ । उनीहरु धेरै प्रकारले हासिरहेका हुन्छन । कोही नर्भस भएर पनि हासिरहेका हुन्छन, कोही उत्साहित भएर । महिलाहरु हाँसिरहेका हुन्छन जब अरु मानिसलाई उनीहरु के कुरामा हासे भन्ने पत्तो समेत हुँदैन । 

हरेक महिला केही न केही प्रश्न गरिरहेका हुन्छन । उनीहरु आफुलाई मोटी देखियो कि भनेर पनि प्रश्न गर्छन । उनीहरु आफ्नो तौल तथा लुकलाई लिएर निक्कै सचेत हुन्छन । हरेक महिलाको साथमा एउटा पर्स हुनु जरुरी हुन्छ । तर उनीहरु ठुलो झोला बोक्छन । पुरुषहरु जहिले सोच्ने गर्छन कि महिलाले यो झोलामा के बोक्छन । महिलाहरु जतिवेला पनि घरको सफाईमा लागिरहन्छन ।

 सफा हुँदा हुँदैपनि फेरि पनि त्यसमै लागिरहन्छन । महिलाहरुलाई पटक पटक लुगा फेर्न मन पर्छ । उनीहरु लुगा फेरि फेरि लगाउन चाहान्छन । महिलाहरु जहिले पनि उल्टो चाहान्छन । उनीहरुको हुन्छ को मतलब हुँदैन हुन्छ भने हुँदैनको मतलब हुन्छ हुनसक्छ । 

त्यसकारण महिलाले कुनै काम हुन्छ भने पनि सचेत भने रहनुहोला । अरुको कुरा काट्नु : महिलाहरु भेट भए भने कुरा काट्न सुरु गरि हाल्छन । महिलाहरु अगाडि भन्दा पनि बढी पछाडी अरुको कुरा काट्छन ।

0 comments

Write Down Your Responses