नेपाली सेनाको कामले हिनताबोध गरायो - महानायक राजेश हमाल -
डिसीनेपाल डटकम - भूकम्पपीडितको सहयोगार्थ सैनिक श्रीमती संघको आयोजनामा जेठ १ गते टुँडिखेलमा अमरपंक्षी नामक च्यारिटी शो सम्पन्न भयो ।
भारतीय नायिका र नेपाली नायिकाहरुको बेजोड प्रस्तुतीमा भएको उक्त कार्यक्रमको केही पक्षले विवाद उत्पन्न गराएको छ ।
भारतीय नायिका सोनाक्षी सिन्हालाई स्वागत गर्न नेपाली सेनाका जर्नेल नै विमानस्थल पुगेका थिए ।
एउटा च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेको यथार्थमाथि महानायक राजेश हमाल पनि बोलेका छन् ।
सामाजिक सञ्चाल फेसबुक मार्फत राजेश हमाले देशको गौरवको रुपमा रहेको नेपाली सेनाको हर्कतले एउटा विनम्र कलाकारका रुपमा हिनतावोध भएको बताएका छन् ।
उनले यदि सेनाका जर्नेललाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा जान सक्थे भन्ने विचार पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रस्तुती दिन बलिउडका नायिकाद्वय सोनिक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थिए । नेपाली सेनाले उनीहरुलाई सुरक्षा दिएको थियो ।


0 comments
Write Down Your Responses