आफ्नै छोरा ‘बलात्कारी’ बनेर आएपछि …
२९ वैशाख, बर्दिया । हरेक आमाबाबु चाहन्छन् कि छोराछोरी बुढेसकालको साहारा बनोस् । ठूलो भएपछि आफूलाई गाह्रो सारो पर्दा हेरिदेओस् ।
तर, सबै आमाबाबुको यो आकांक्षा पुरा हुँदैनन् । उनीहरु निर्दयी पनि भइदिन्छन् । बर्दियाको वानियाभार गाविस वार्ड न ४ की ६० वर्षीय मल्ल थरकी एक महिलाको जीवनमा यस्तै भएको छ ।
उनले कहिल्यै सोच्दै नसोचेको घटना भयो । र, आफ्नो छोरा ‘बलात्कारी’ बनेर आए ।
वानियाभार प्रहरी चौकीमा एक पुरुषले आफ्नै आमालाई कुटपिट गरेको खबर आयो । स्थानीयले खबर गरेपछि प्रहरी टोली पुग्यो ।
करिव ३/४ महिना अघि मात्र पती गुमाएकी महिलाले उनकै ३० वर्षे छोराले कुटपिट गरेका रहेछन् । कुटपिटका कारण पीडित महिलाको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सोधपुछका क्रममा पीडित महिलाले जे भनिन्, त्यो सुन्दै कहाली लाग्दो थियो । उनले प्रहरीलाई बताए अनुसार उनका छोराले बुधबार विहान करिव ४ बजे बलात्कारको प्रयास गरेका थिए ।
उनका श्रीमती माइत गएकी थिइन् ।
विहानै मदिराले मात्तिएका छोराले आफूलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले रुँदै प्रहरीलाई सुनाइन् ।
उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पीडित महिलाले दिएको बयान सही देखिएको छ । यद्यपि मेडिकल रिपोर्ट आउन बाँकी छ ।
आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवकले अझै मुख खोलेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses