चक्काजामले मुलुकभरको जनजीवन प्रभावित, चावहिलमा दुई ट्याक्सी तोडफोड, ६० जना पक्राउ
ट्राफिक जरिवाना रकम बढेको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा यात्रु मर्कामा परेका छन् । ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु भएको छ ।
यातायात व्यवासयीले यसको विरोधमा आज देशभरी नै सार्वजनिक गाडी नचलाउँदा यात्रुलाई कष्ट भएको हो । व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् ।
यस्तै काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडीमा पनि बन्दको प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ ।
सार्वजनिक भाडाका गाडी नचल्दा काठमाडौंका सडकमा गाडीको चाप कम छ । तर निजी गाडी भने चलेका छन् । यातायात व्यवसायीले बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका गाडी नचलाउने बताएका छन् ।
यसैबीच, काठमाडौं प्रहरीक अनुसार चावहिलमा २ वटा ट्याक्सीमाथी तोडफोड भएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट ६० जना भन्दा बढीलाई पक्राउ गरिएको छ ।
उता, गृहमन्त्रालयले संसदले पास गरेको नियम मान्दैनौं भन्दै गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले चक्काजाम आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको गृहले जनाएको छ ।
सुरक्षाका लागि प्रहरी खटाइएको छ । नियम अनुसार गाडी नचालाए कारबाही गर्ने गृह मन्त्रालयको भनाई छ ।


0 comments
Write Down Your Responses