गठबन्धनका कार्यकर्ताको आन्दोलन सुरु, सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यमा सुरक्षाकर्मी परिचालन ।तस्बीरमा यस्तो देखियो (थप तस्बीर सहित)
काठमाडौं, २ जेठ । मधेशी मोर्चा सहितको २९ दलीय गठबन्धनले पूर्वनिधारित कार्यक्रम अनुसार विहान ९ बजेदेखि सिंहदरबार घेराउको आन्दोलन सुरु गरेको छ ।
माइतीघर मण्डला र सिंहदरबार दक्षिणगेटबाट घेराउ गर्ने जनाएको गठबन्धनले आफ्ना कार्यकर्ताहरुलाई दुवै नाकामा उतारेको छ ।
गठबन्धनका कार्यकर्ताहरुले सरकार विरोधी चर्को नाराबाजी गर्दै आन्दोलनस्थलसम्म पुगेका छन् ।सरकारले गठबन्धनको आन्दोलनलाई मध्यनजर गर्दै राजधानीको सरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ । बिहान नौ बजेबाट सुरु हुने उक्त घेराउ कार्यक्रम बेलुका पाँच बजेसम्म् चल्नेछ ।
गठबन्धनका आन्दोलनका कारण हनुमानथान, अनामनगर, माइतीघर र बबरमहलबाट सहिदगेट तर्फ जाने सवारी साधनहरु बन्द भएका छन् । गठबन्धनले दिनभरी सांस्कृतिक कार्यक्रम, कविता बाचन, भाषण र हास्यव्यंग्य प्रस्तुति गर्ने भएका छन् ।







0 comments
Write Down Your Responses