मधुसँग सम्बन्ध विग्रेको ब्यापक चर्चापछि राजेश हमालले मुख खोले !!

५ जेठ, काठमाडौं । यस साता नायक राजेश हमाल चर्चाको शिखरमा रहे । नेपाली सेनाका जर्नेलले बलिउड नायिका सोनाक्षी सिन्हालाई पोसाकमै स्वागत गर्न विमानस्थल पुगेको घटनाले आफूले हिनताबोध गरेको धारणा राखेपछि राजेशको समर्थन र विरोधमा तर्क गर्नेहरू देखिए । 

यतिबेला राजेश भने आफ्नैबारेको अनपेक्षित समाचारले तनावमा परे । मिडियामा एकाएक उनको दाम्पत्य जीवनमा समस्या आएको समाचारले ठाउँ पायो । फेसबुकमा पत्नी मधु भट्टराईसँगका तस्बिर लामो समयदेखि पोस्ट नगरेकै कारण सम्बन्धमा खटपट आएको हवालामा अनलाइन पोर्टलमा समाचार आउन थालेपछि हमालले मंगलबार नै फेसबुकमा पत्नीसँगको तस्बिर साझेदार गरे ।

 हमालको उक्त पोस्ट समाचारकै खण्डन स्वरूप आएको अड्ल काट्न गाह्रो थिएन । हमाल स्वयंलाई सम्बन्धमा खटपट आएको समाचारप्रतिको धारणाबारे प्रतिक्रिया माग्दा उनले भने, ‘समाचार पढेर हामी हाँसिराछौं ।’ जेठ १० मा दोस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको हमाल दम्पतीले समाचारबारे खण्डन गर्न भने आवश्यक ठानेन ।

0 comments

Write Down Your Responses