काठमाडौं ११ जेठ । सामान्य विवादमा उत्पन्न आवेगलाई नियन्त्रण गर्न नसक्दा दुई वर्षदेखि ‘लिभिङ टुगेर रिलेसनसिप मा’ रहेकी प्रेमिकाको हत्या गर्ने प्रेमी श्याम श्रेष्ठ यतिबेला प्रहरी हिरासतमा पछुताइरहेका छन् ।

प्रहरीसँगको बयानमा उनले मोबाइल चलाएको विषयमा उत्पन्न सामान्य विवाद शढ्दै जाँदा आवेग नियन्त्रण गर्न नसकी आफूले प्रेमिका अञ्जना थापाको कन्चटमा मुक्काले हानेको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् । हत्यापछि भारत फरार भएका श्रेष्ठलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा लुधियानाबाट पक्राउ गरेको हो ।

 यसरी भयो हत्या गत वैशाख २१ गते बस थन्क्याएपछि बेलुका करिब साढे आठ बजे उनी अञ्जनाको कोठामा गएका थिए । त्यसबेला अञ्जना नुहाइरहेकी थिइन् । अञ्जना बाथरुमबाट कोठामा नआउँदासम्म उनी अञ्जनाको मोबाइल चलाएर बसे । नुहाएर फर्कंदा आफ्नो मोबाइल चलाएको देखेर उनी रिसाइन् । त्यही विषयलाई लिएर उनीहरुबीच भनाभन भयो । 

 भनाभन बढ्दै जाँदा श्रेष्ठले अञ्जनाको टाउको, कन्चट एवं अनुहारको भागमा मुक्काले हाने । ‘मलाई गाली गरेपछि रिसको झोकमा मुक्काले हानिदिएको थिएँ, ऊ भुइँमा ढली,’ पक्राउ परेपछि श्रेष्ठले भनेका छन्, ‘सधैँ भुइँमा ढलेर बेहोस भएजस्तो नाटक गर्थी, नाटकै गरेकी होली भनेर वास्ता नगरी खाटमा पल्टेर बसें, धेरै बेरसम्म पनि नउठेपछि हेर्दा त उसको सास नै बन्द भइसकेको थियो ।’ तर, अञ्जनाको मृत्यु भइसकेको भन्ने उनलाई लागेको थिएन । उठाएर खातमा सुताए ।

यति गर्दा पनि कुनै प्रतिक्रिया नजनाएपछि मरेको ठानी उनी कोठाबाठ निस्किए । राति गएर आफूले चलाउने बसमै सुते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses