‘विप्लव’ माओवादीद्वारा आज शक्ति प्रर्दशन गर्दै, ‘प्रचण्ड’ माओवादीलाई देखाउने
काठमाडौं, ७ जेठ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।
मध्यान्ह १२ बजेपछि सुरू हुने ‘विप्लव’ माओवादीको -यालीले नगरपरिक्रमासहित खुला मञ्चमा पुगेर आमसभामा परिणत हुनेछ ।
आमसभालाई महासचिव ‘विप्लव’ सम्बोधन गर्ने नेकपा माओवादीका नेता तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।
‘विप्लव’ माओवादीले बबर महल, कुपण्डोल, कालीमाटी र लैनचौरबाट -याली निकालेर खुलामञ्चमा ल्याउनेछ । -यालीमा उल्लेख कार्यकर्ता उतार्ने नेता मल्लले जानकारी दिनुभयो ।
खुला मञ्चमा १ बजेपछि हुने आमसभालाई महासचिव ‘विप्लव’ मुलुकको पछिल्लो राजनीतिक अवस्था, महँगी, भ्रष्टाचार, अनियमितताविरुद्ध धारणा राख्नु हुनेछ ।
बिहीबार बबरमहलस्थित एउटा पाटी प्यालेसमा कार्यक्रम गरेर आधा दर्जन माओवादी पार्टीहरू मिलेर नेकपा (माओवादी केन्द्र) स्थापना भएको थियो । सोही कार्यक्रमलाई काउन्टर दिने गरी ‘विप्लव’ माओवादीले खुला मञ्चमा आमसभा गर्दैछ ।


0 comments
Write Down Your Responses