हिमानी एक साताको चीन भ्रमणमा
आजको घटना र विचार साप्ताहिककाे खबर
काठमाडौं, जेठ १२ । समाजसेवाको क्षेत्रमा क्रियाशिल हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व ५ श्री युवराज्ञी हिमानी  आइतबार चीनको भ्रमणमा गएकी छन् ।
चिनियाँ सरकारी निकायको निमन्त्रणमा बेइजिङतर्फ प्रस्थान गरेकी उनले चीनमा सात दिन बिताउने बुझिएको छ ।
हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकर शमशेर राणालगायत सामेल छन्।
केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उनले त्यसलाई स्वीकार गरेकी थिइनन् ।
 


0 comments
Write Down Your Responses