जनताको राजतन्त्रप्रति धारणा बुझ्न पूर्वराजा झापा जाँदै

काठमाडौँ ,७ जेठ । जनताको राजतन्त्रप्रतिको चाहना बुझ्न पछिल्लो समय देश दौडाहामा लागेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि दुई साता लामो भ्रमणमा निस्कन लागेका छन् ।

 उनी आफ्नो निजी चिया बगान हिमालयन टि स्टेटको निरीक्षण गर्न झापा जान लागेका हुन् । हरके वर्ष परिवासहित चिया बगान जाने गरेरका ज्ञानेन्द्र अहिले केही निजी सहयोगीका साथमा एक्लै जान लागेका हुन् ।

 उनको सुरक्षा र आन्तरिक चाँजोपाजो मिलाउन स्वकीय सचिव सागर तिमल्सिना र आधा दर्जन सहयोगी बुधबार बिहान दमक पुगिसकेका छन् पूर्वाञ्चलको भ्रमण हुदा बनेपा बर्दिबासको सडक प्रयोग गर्ने गरेका ज्ञानेन्द्रले शुत्रबार बर्दिबास पुगेपछि केहीबेर गौतम होटलमा बस्ने र खाना खाने कार्यक्रम रहेको छ।

पूर्वराजाको भ्रमणको विषयलाई निर्मल निवासले अति गोप्य राखेको छ। दमक बसाइको क्रममा उहाँ केही सार्वजनिक कायक्रममा सहभागी हुन सक्ने आँकलन कर्मचारीले गरेका छन्।

 पहिला झापा आइसकेपछि अन्य कार्यक्रमको बारेमा जानकारी हुन सक्ने सम्भावना रहेको दरबारका एक कर्मचारीले बताए। पूर्वराजाको भ्रमणको चाँजोपाँजो मिलाउन बुधबार झापा हिँड्नुभएका निजी सचिव तिमल्सिनाले पूर्वक्षेत्रको सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी लिनुहुने भएको छ। ज्ञानेन्द्रको साथमा निजी सवारी चालक र सशस्त्रका निजी सुरक्षा गार्ड (डीएसपी) को सहभागिता रहने भएको छ।

0 comments

Write Down Your Responses