जुटे, फुटेका माओवादी, बन्यो नेकपा (माओवादी केन्द्र), एक वर्षमा एकता महाधिवेशन

काठमाडौं जेठ ६ - आधादर्जन जति चिरामा विभाजित भएका माओवादी अन्ततः एक भएका छन्। माओवादी आन्दोलनसँग जोडिएका विभिन्न घटकहरुबिच औपचारिक एकता भएको हो । 

एकीकृत माओवादी, क्रान्तिकारी माओवादी, विप्लब माओवादीका केन्द्रीय सदस्यहरु,नयाँ शक्तिबाट आएका समुह र स्वतन्त्र भइबसेकाहरुबीच भएको औपचारिक एकताले प्रचण्डलाई अध्यक्ष चयन गरेको छ । आज सम्पन्न एकता अधिवेशनले एकता महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै ६९९ जनाको एकता महाधिवेसन समिति समेत गठन गरेको छ । एकता महाधिवेशनको लाागि सांगठनिक एकीकरण तथा कार्य दिशा निर्माणको लागि समेत आवश्यक प्रक्रिया र जिम्मेवारी बारे औपचारिक निर्णय गरेको छ । अधिबेशनपछि सम्मेलनको आयोजना गरि नयाँ बनेको नेकपा माओवाद केन्द्रले आफ्नो निर्णहरु सार्वजनिक गर्दै छ । 

नेकपा माओवादीबाट अलग भइ भिन्न भिन्न चिरामा विभाजित माओवादीहरु निकै लामो कसरतपछि एक भएका हुन । गत वर्ष नै ५ वटा माओवादीबीच एकताका लागि संयोजन समिति बनेपनि भूकम्पले सिर्जना गरेको व्यवधान र त्यसपछि संविधान निर्माण क्रममा देखिएको विवादका कारण एकता हुन सकेको थिएन । पछिल्लो चरणमा क्रान्तिकारी माओवादीभित्र एकताका विषयमा महिनादिन भन्दा लामो विवाद चुलिएपछि अन्ततः महासचिव राम बहादुर थापा बादलको नेतृत्वमा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेपछि एकताले गति लिएको थियो । संविधान निर्माणपछि दुईवर्षभित्र पार्टीलाई पहिलाकै स्थानमा ल्याउने प्रचण्डले घोषणा गरेका थिए । सोही अनुरुप प्रचण्डले वैद्य, बादललगायतका सबै माओवादी सहयात्रीहरुसँग एकताका लागि पहल तीब्र पारे । यद्यपी वैद्य भने यो एकता प्रक्रियामा आएनन् । 

क्रान्तिकारी माओवादीले एकताको निर्णय गरेसँगै प्रचण्डले एकताका लागि १३ बुँदे न्यूनतम आधार पत्र तयार पारेका थिए । उक्त आधारपत्रमा एमाओवादी, क्रान्तिकारी माओवादी, नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्र, जयपुरी घर्तीलगायतले सहमति व्यक्त गरेपनि औपचारिकरुपमा एकताको घोषणा गर्न जेठ ६ गते अधिवेशनको आव्हान गरिएको थियो । आज सम्पन्न अधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको पार्टी एकता सम्बन्धी राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । माओवादी धारा र क्रान्तिलाई रक्षा गर्न एकता पहिलो र अनिवार्य ऐतिहासिक आवश्यकता भन्दै प्रचण्डले सबै क्रान्तिकारीहरु एक हुर्नैपर्ने अवस्था आएकोमा जोड दिएका थिए । प्रचण्डले प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि पत्रकार सम्मेलनमार्फत एकताको घोषणा गरिएको हो । एकताको घोषणासँगै माओवादी कार्यकर्ताहरुमा व्यापक उत्साह देखिन्छ । यद्यपी संगठनात्मक एकीकरणको जटिलता भने एकतामा आएका समूहहरुबीच देखिएको छ । तर एकता संयोजन समितिले यसअघि माओवादी नफुट्दैको संगठनात्मक अवस्थाला आधार मानेर एकताको संगठनात्मक प्रक्रिया ट्ंग्याउने सहमति गरेका छन् । यसपछि माओवादीमा माथिदेखि तलसम्म संगठनात्मक एकीकरणको प्रक्रिया शुरु हुने छ । सो सँगै महाधिवेशनका लागि तयार गरिने राजनीतिक प्रस्तावका लागि समूह निर्माण गरेर विचार संश्लेषण र कार्यदिशा निर्माणको काम सम्पन्न गरिनेछ । यसरी तयार हुने रणनीतिक कार्यदिशालाई एकता महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने छ । 

तत्कालका लागि भने माओवादी अन्तरिक कार्यदिशा तय गरेको छ । एकता महाधिवेशनपछि प्रचण्डले माओबादिको पराजयको दिन सकिएको बताए । हामिलाइ कम्जोर ठान्नेहरु अब कमजोर हुन्छन् । जनताको बिजयको दिन सुरु भयो” उनले भने

, ,

0 comments

Write Down Your Responses