७० वर्षको उमेरमा बिहेको ४६ वर्षपछि सन्तान जन्मिएपछि…..

भारतको पञ्जावकी ७० वर्षीया दलजिन्दर कौरले गत महिना एउटा बच्चा जन्माइन् । अहिले उनको श्रीमानको उमेर ७९ वर्षको छ। हरियाणाको एउटा फर्टिलिटी क्लिनिकमा करिब दुई वर्षसम्म चलेको उपचारपछि उनले बच्चा जन्माएकी हुन् । दलजिन्दरले आईवीएफको तेस्रो प्रयासमा सफलता पाएकी हुन् । दलजिन्दर कौरको मोहिन्दर सिंह गिलसँग ४६ वर्षअघि विवाह भएको थियो ।

 तर, उनको कुनै सन्तान भएको थिएन । दुवैले सन्तानको आशासमेत मारिसकेका थिए ।तर, एउटा विज्ञापन देखेर उनीहरुले आईवीएफ प्रविधि अपनाउने योजना बनाए । इन्डियन फर्टिलिटी सोसाइटीका महासचिव डाक्टर कनाद नायरले बीबीसीसँगको कुराकानीमा यो विषयमा प्रश्न उठाए । उनका अनुसार कुनै पनि महिला ५५ वर्षसम्म मात्रै बच्चा जन्माउन सक्छन् ।

 उनीले प्रश्न मात्र उठाएनन्, बच्चा जन्माउन सक्छन् या सक्दैनन् मात्र होइन, प्रश्न जन्म दिएपछि बच्चाको देखभाल कस्ले गर्ने भन्ने पनि हो । उनका अनुसार यदि कुनै महिलाले ५५ वर्षको उमेरमा बच्चा जन्माउँछन् भने उनले आगामी कयौ वर्ष बच्चाको पालनपोषण गर्न सक्छन् ।

 उदाहरणको रुपमा यो उमेरमा आमा बच्चालाई दुध खुवाउन सक्दैनन् । बच्चाको पालनपोषण र पढाई लेखाईका लागि तपाईको शारीरिक रुपमा स्वस्थ रहनुपर्नेछ । उनले भने–यसअघि ७० वर्षमा एक जना अर्की महिलाले बच्चा जन्माएकी थिइन् । डाक्टर नायर भन्छन्–बच्चा जन्माएको दुई वर्षपछि उनको मृत्यु भयो । अब उक्त बच्चाको हेरचाह आफन्तजनले गरिरहेका छन् । त्यसैले यो उमेरमा तपाई बच्चा जन्माउन सक्नु हुन्छ तर हेरचाहका लागि उसलाई तपाईले अरुको जिम्मामा छोड्नुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses