नेपाली फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनीको बिमलकै साथीले बलात्कार गरि हत्या गरेको खुलासा नेपाल प्रहरीहरुको अनुसन्धान जारी .....

फोटो :आमा र दाजुका साथमा मनिषा । तस्बिर: विमल घर्तीको फेसबुकबाट नवलपरासीः नेपाली फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनीको हत्या भएको छ । १७ वर्षकी मनिषा घर्तीमगरको बुधबार राति हत्या भएको हो । नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहाको घरमा एक्लै रहेकी मनिषाको राति हत्या भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए । 

उनी कक्षा ११ मा अध्ययनरत थिइन् । आमा र छोरीसँगै घरमा बस्ने गरेको भएपनि मनिषाकी आमा बुधबार बुटबल गएकी थिइन् । राति उनी नफर्किएपछि मनिषा घरमा एक्लै थिइन् । अन्य समयमा आमा घरम नहुँदा नजिकैको घरमा रहनुभएका काका, हजुरवुबा आउने गरेको भएपनि बुधबार भने हजुबुबा पनि नआएको पंगेनीले बताए । घटनाको बारेमा अनुसन्धान गर्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको पंगेनीले अन्नपूर्णलाई बताए । मनिषाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‌याइएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses