श्रीमान् हुनैपर्छ भन्ने छैन–प्रियंका कार्की

बोल्ड, ओपन, ट्रेन्ड सेटर्सजस्ता ट्याग लाग्न थालेको छ अभिनेत्री प्रियंका कार्कीलाई । उनको पहिरनको बारेमा पछिल्लो समय धेरै चर्चा हुने गरेको छ ।

 चलचित्र ‘फन्को’ र ‘हाउ फन्नी’को प्रिमियर शोमा हलिउड रेडकार्पेटमा देखिने जस्ता उनको पहिरन निकै चर्चित रहयो ।

 प्रियंका त्यस्तोे अवसरलाई संघर्षको रूपमा लिन्छिन् । नेपाली अझै पनि फेसन र पहिरनको मामिलामा उदार हुन नसकेको उनको बुझाइ छ ।

 ‘मलाई युद्धमा गएजस्तै अनुभव हुन्छ’, प्रियंका भन्छिन्, ‘फरक शैलीको ड्रेस लगाएर सार्वजनिक कार्यक्रममा सहभागी हुँदा संघर्ष गरिरहेको जस्तो लाग्छ ।’

 पहिरनका बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीको बढी सामना गर्नुपर्ने भएकोले आफूले संघर्ष गर्नुपरेको उनको भनाइ छ । 

हामीले काम गर्ने क्षेत्र ग्ल्यामर भएकाले ग्लोबल ट्रेन्डअनुसार चल्नुपर्छ, । 

त्यसको लागि केही नयाँ प्रयास गर्नै पर्छ

 नेपालका कतिपय परम्परागत पहिरन उनलाई मन नपर्ने होइन । ‘आवश्यकता अनुसार गुन्यू चोलो पनि लगाउँछु तर आफू पब्लिक फिगर भएको र फेसनमा ग्लोबल कनेक्सन आवश्यक भएकाले केही फरक त हुनै पर्छ’,
 उनी भन्छिन् ।

 धेरै नेपाली विदेशी सेलिब्रेटीलाई आफ्नो आइडल मान्छन् । सेलिब्रेटीको पहिरन, जीवनशैली र काम उनीहरूप्रति आकर्षित हुने कारण हुन् । नेपाली चलचित्र र ग्ल्यामर पनि विश्वव्यापीकरणको बाटोमा हिँडोस् भन्ने आफ्नो सोचाइ रहेको उनको भनाइ छ । 

 अब हामी ग्लोबल हुन सिक्नुपर्छ, संकुचित सोचाइ र दायराबाट माथि उठ्न सक्नुपर्छ,’ प्रियंका थप्छिन्, ‘हामीले काम गर्ने क्षेत्र ग्ल्यामर भएकाले ग्लोबल ट्रेन्डअनुसार चल्नुपर्छ, । त्यसको लागि केही नयाँ प्रयास गर्नै पर्छ ।’ पहिरनको बारेमा उनी निकै सचेत छिन् ।

 सार्वजनिक कार्यक्रममा लगाउने पहिरनका लागि पूर्वतयारी गर्छिन् । फेसन डिजाइनर युवी थापा, आ िश्रता भँडेल र स्वर्णीम राईले उनका पहिरन डिजाइन गर्ने गरेका छन् ।

 म आफ्नो रुचि, लक्ष्य र काममा कुनै हालतमा सम्झौता गर्दिनँ । करियर दाउमा राखेर जीवनसाथी हुनैपर्छ भन्ने छैन ।

 दुई दशकअघि चलचित्र ‘महादेवी’ मा बालकलाकारको रूपमा अभिनय गर्दा क्यामेरा फेस गरेकी प्रियंकाको अनुभवमा त्यसबेला र अहिलेको अवस्थामा खासै फरक छैन । ‘

त्यतिबेला मन डर हुन्थ्यो नर्भस हुन्थेँ । अहिले झन् धेरै डर लाग्छ, नर्भस हुन्छु’, प्रियंकाले भनिन्, ‘त्यसबेला मलाई कसैले चिन्दैनथिए अहिले सबैले चिन्छन्, त्यसैले झन् बढी चुनौती महसुस हुन्छ ।’ 

 उनको मनमा भएको यही चुनौतीले प्रियंकालाई अहिले व्यस्त अभिनेत्री बनाएको छ ।

 यो वर्ष उनका आधा दर्जनभन्दा बढी चलचित्र प्रदर्शन हुने सम्भावना छ । वर्षको सुरुमै ‘हाउ फन्नी’ बाट खाता खोलेकी प्रियंकाको ‘छक्का पञ्जा’, ‘पुरानो डुंगा,’ ‘लालटिन’ निर्माणको अन्तिम चरणमा छन् । यसै सातादेखि चलचित्र ‘अनागत’ सुरु भएको छ भने ‘मरिना’ पनि निर्माणाधीन छ ।

 नीलु डोल्मा शेर्पा निर्देशित अर्को चलचित्रमा पनि काम गर्ने सम्भावना रहेको उनले बताइन् । केही नयाँ गरौं भन्ने सोच र लगनशीलताले आफूलाई अहिलेको अवस्थामा ल्याएको उनको बुझाइ छ । 

 केहीअघि प्रियंकाले फेसबुकमा लेखेको स्टाटसले चर्चा पाएको थियो । आफ्नो तस्बिर वा गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्दा आउने अश्लील कमेन्टप्रति दुःखेसो व्यक्त गरेकी थिइन् । 

यो प्रसंग उप्काउँदा उनी केही आक्रोशित भइन् । ‘सामाजिक सञ्जाल त हामीलाई विश्वभर पु¥याउने सजिलो साधन पो हो त’, उनले भनिन्, ‘यसको दुरुपयोग गरेर हामी आफूले आफैंलाई किन अघि बढ्नबाट रोक्दै छौं ।

’ बलिउड र हलिउड कलाकारको प्रशंसा गर्ने, उनीहरूका हरेक काम पचाउने, समाचार राम्रो भन्दै सेयर गर्ने तर नेपाली कलाकारलाई भने गाली गर्ने प्रवृत्तिप्रति उनको आक्रोश छ ।

 ‘कन्स्ट्रक्टिभ क्रिटिसिजम’ उनलाई मनपर्छ ।

 आफूलाई आएका म्यासेजको सकेसम्म रिप्लाई गर्छिन् र फोनै गरे पनि फुर्सद भए केही बेर बोल्छिन् । यस वर्ष प्रोडक्सन हाउस खोलेर चलचित्र निर्माणमा हात हाल्ने योजनामा रहेकी उनी भन्छिन्, ‘दर्शकले अभिनयभन्दा केही फरक भूमिकामा छिट्टै देख्नुहुनेछ ।’ 

 चलचित्र, फेसन र ग्ल्यामरमा नयाँ ट्रेन्ड सेट गर्दै र यसलाई विश्वव्यापीकरणको बाटोमा हिँडाउँदै अघि बढ्ने लक्ष्य लिएकी प्रियंकालाई जीवनमा जीवनसाथी हुनै पर्छ भन्ने लाग्दैन । 

‘म आफ्नो रुचि, लक्ष्य र काममा कुनै हालतमा सम्झौता गर्दिनँ । म आफ्नो रुचि, लक्ष्य र काममा कुनै हालतमा सम्झौता गर्दिनँ । करियर दाउमा राखेर जीवनसाथी हुनैपर्छ भन्ने छैन ।

0 comments

Write Down Your Responses