राजा र हिन्दु राष्ट्र ल्याउन यसरी भयो भेला, को–को थिए भेलामा ? (नामसहित
काठमाडौं, २ जेठ । एकीकृत राप्रपा निर्माण अभियानमा राजा र हिन्दुत्वको मुद्दाले चर्चा बटुलेको छ ।
राप्रपा नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा आइतबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरीष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले हिन्दुत्व समयको माग भएको बताए ।
एकीकृत राप्रपा जनताले चाहेको विकल्प प्रस्तुत गर्नेछ भन्दै डा. लोहनीले भने, ‘नेपाली कांग्रेस र एमालले जनतालाई चामलमा ढुंगा मिसाएर बेचे, माओवादीले भूष नै मिसाए । यो सब अवस्था बुझेको जनताले विकल्प खोजीरहेको छन्, एकीकृत राप्रपा भएर जाने हो भने जनताले साथ दिनेछन् ।’
‘संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासन सम्वद्ध सिद्धान्तलाई निरन्तरता दिँदै राप्रपा पृष्ठभूमीका सबै शक्तिको एकता गर्नु पर्दछ,’ राप्रपा नेपालबाट निलम्बित सहअध्यक्ष केशर बहादुर विष्टले आइतबार आयोजित उपत्यकाव्यापी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बताए ।
यो अभियान पार्टी फुटाउन वा नयाँ पार्टी बनाउन नभएर, राष्ट्रवादी शक्तिहरुको एकताको लागि भएको विष्टले स्पष्ट पारे ।
एकीकृत राप्रपा निर्माण गर्ने क्रममा राजासँग काम गरेका पूर्वपंचहरु, राजावादीहरु, धर्मवादीहरु, हिन्दूवादीहरु, राष्ट्रवादीहरु सबैको एकता हुन जरुरी भएको छ, विष्टले भने ।
कार्यक्रममा राप्रपा, राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर, राप्रपा नेपाल राष्ट्रवादी लगायत सबै राष्ट्रवादी शक्तिको एकतामा जोड दिइएको थियो ।
राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र अखण्ड नेपालको नारामा राष्ट्रको हित हुने बताए । कार्यक्रममा राप्रपा नेपालमा कमल थापालाई निम्तो गर्नु पर्दथ्यो भन्ने सुझाव शेरचनले राखेका थिए ।
राजतन्त्रको अन्त्यसँगै सामन्तवादको अन्त्य भएर नेपालमा राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र समृद्धी प्राप्त हुन्छ भन्ने वामपन्थीहरुको दावी मिथ्या साबित भइसकेको बताउदै, राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘राप्रपा पृष्ठभूमिका सबै शक्तिहरु एक ठाउँ आउने क्रममा सैद्धान्तिक विचलन जस्ता गल्ती कमजोरी गर्ने पक्षलाई पनि सच्चिने अवसर दिनुपर्दछ ।
’
राप्रपा नेपालका केन्द्रीय सदस्य विष्णु भट्टराईले गणतन्त्रको बाटोबाट राजतन्त्रको गन्तव्य पुग्छु भन्नु खसी खाएर शाकाहारी हुँ भने जस्तो भएको बताए । राष्ट्रवादी शक्तिको एकताले देशलाई संवैधिानक लगायतका संकटबाट मुक्ति दिने विश्वास राप्रपा नेपाल समानान्तरका महामन्त्री श्याम तिमल्सिनाले व्यक्त गरे ।
गरेको दैनिक नेपालमा खबर छ


0 comments
Write Down Your Responses