राजेश हमालको फोटो करिश्माको फेसबुक कभरमा !

३० बैशाख | अभिनेता राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धरको जोडी नेपाली फिल्ममा सर्वाधिक धेरै रूचाईएको जोडीमा पर्छ । यि दुईले अभिनय गरेका थुप्रै फिल्म दर्शकको मनमा अझै पनि ताजै छन् ।

 निर शाहले निर्देशन गरेको ‘बसन्ती’ त्यो बेलाको निकै चर्चित फिल्म हो । राजेश र करिष्माले पनि यो फिल्मलाई आफ्नो करियरको उत्कृष्ट फिल्म भन्ने गरेका छन् । कुनै बेला राजेश र करिष्माको प्रेमप्रसंगलाई मिडियाले गसिप नबनाएको हैन । प्रेम थियो या थिएन राजेश र करिष्मालाई भन्दा बढी अरू कसैलाई थाहा छैन ।

 यि दुई बिचको मित्रता भने अहिले पनि उत्त्तिकै ताजा छ । त्यसैले त करिष्माले आफ्नो फेसबुक कभरमा राजेशको तस्विर राखेकी छिन् । झन्डै १६ बर्ष अगाडी बनेको फिल्म ‘बसन्ती’का तस्विरहरू जोडेर करिष्माले आफ्नो फेसबुक कभरमा राखेकी छिन् जहाँँ राजेश र करिष्माको गहिरो प्रेम अभिव्यक्तिको तस्विर देख्न सकिन्छ । करिष्माले उक्त तस्विर राखेर पूराना दिनलाई ताजकी दिने प्रयास गरेकी छिन्

0 comments

Write Down Your Responses