समृद्धिले किरात राई यायोख्खामै पत्रकार सम्मेलन गरेर माफि मागिन्

काठमाडौँ : मिस टुरिज्म तथा गायिका समृद्धि राईले आफुले साझा सवालमा दिएको अभिव्यक्ति प्रति पत्रकार सम्मेलन गरेरै माफि मागेकी छिन् । शुक्रबार किरात राई यायोख्खा कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा राइले आफुले बोलेको कुरा गल्ती भएको स्विकार्देँ माफि मागेकी हुन् ।

 उनले आफनो समुदाय प्रति अनविज्ञ भएको बताउँदै अबको दिनमा समुदायको निम्ती समय खर्चिने प्रतिवद्धता व्यक्त गरिन् । उनले वाम्बुले राईहरुको उदगमस्थल ओखलढुंगामा गई बाम्बुले भाषा धर्म सम्बन्धी बृतचित्र बनाउने भएकी छिन् । उनी पनि वाम्बुले राई हुन् ।

 बम्बुले रार्इको मात्र नभएर सम्पुर्ण किरातिको भाषा, धर्म, सस्कृती अध्ययन गर्ने भएकी छिन् । त्यस्तै उनले नेपाली भाषा नबुझनेलाई समेत आफ्नो भाषा धर्म पहिचानको कुरा बुझाउने गरि वृत्तचित्र बनाउने बताइन् । केही दिन अगाडी साझा सवालको बहसमा उनले किराती राई लिम्बु केटाहरु हेर्न मन लाग्दैन भनेकी थिइन् । त्यही बिषयमा उनको सामाजिक सञ्जालमा चर्को बिरोध हुदै आएको छ । यसअघि पनि उनले फेसबुकमा स्टाटस र भिडियो मार्फत दुई पल्ट माफि मागि सकेकी छिन् ।

0 comments

Write Down Your Responses