नेपाल प्रहरी हतियारसहित भारत पसेर पक्राउ गरेको भारतीय मिडियाको दाबी, वास्तविकता यस्तो छ

३ जेठ, काठमाडौं । भारतीय प्रहरीले अनाधिकृतरुपमा नेपालभित्र घुसेर गतिविधि गरेको समाचार त बारम्बार नेपाली मिडियामा सार्वजनिक भएकै हो । तर यसपटक ठ्याक्कै यही प्रकृतिको समाचार भारतीय मिडियामा आएको छ । 

हिन्दुस्तान पत्रिकाको अनलाइन संस्करणले नेपाल प्रहरीले भारतीय सीमाभित्र हतियारसहित प्रवेश गरेर एक युवकलाई ‘उठाएको’ भन्दै समाचार प्रकाशित गरेको छ । आइतबार नेपाली प्रहरी भैरहवासित सीमा जोडिएको सुनौलीमा कुनै सूचना बेगर प्रवेश गर्दा भारतीय सुरक्षा निकायहरु हेरेको हेर्‍यै भएको समाचारमा उल्लेख छ । हिन्दुस्तान डटकम लेख्छ, ‘यद्यपि जिम्मेवार निकायहरुले घटना इन्कार गरेका छन् ।

’ के हो वास्तविकता ?
 बुटवल उपमहानगरपालिका- 
१ का गिरबहादुर विकलाई आइतबार बिहान आठ बजे बेलहिया प्रहरी चौकीको टोलीले सुनौलीबाट पक्राउ गरेको थियो । उनलाई लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोसन १५१ ट्याबलेट खुट्टाको तिघ्रामा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो ।

 पक्राउ गरेपछि थुनामा राखेपछि दिउँसो जिल्ला प्रहरी कार्यालयमा लैजाने क्रममा उनी प्रहरीलाई छलेर भागे ।

 प्रहरीले पछ्याउदै जाँदा उनी भारतीय सीमातर्फ प्रवेश गरे ।

 तर दशगजाबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको बेलहिया चौकीका प्रमुख प्रहरी निरीक्षक अभय विक्रम साहले अनलाइनखबरलाई बताए । हिन्दुस्तानको समाचारमा भने घटनालाई तोडमोड गरिएको छ ।

 समाचारमा अगाडि लेखिएको छ, ‘आइतबार सीमावर्ती कस्वा सुनौलमा सबै सामान्य थियो । दिउँसो १ः३० बजे नेपालको बेलहिया चौकीका प्रहरी कस्बेउमा अनुमतिबिना रामजानकी चौरस्तासम्म हतियार लिएर पुगे । 

उनीहरुले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेर लगे । 

यस क्रममा एसएसबी, भन्सार र प्रहरी अधिकारीले उनीहरुलाई रोकेनन् । यो घटनाबारे सुनौलीमा तैनाथ जिम्मेवार डिएर र एसपीसम्मलाई जानकारी दिइएन । 

यस विषयमा जानकारी पाएपछि डिएम वीरेन्द्र कुमार सिंह र एसपी भारत सिंह यादवले छानविन गर्ने बताएका छन् ।’

0 comments

Write Down Your Responses