सीके राउतले ट्वीटरमा भने- प्रचण्ड अद्भुत छन्

६ जेठ, काठमाडौं । विवादास्पद मधेशी अभियान्ता सीके राउतले प्रचण्डको प्रशंसा गरेका छन् । प्रचण्डसँग अद्धितीय संवाद क्षमता भएको भन्दै मिल्दै नमिल्नेहरुलाई पनि एक ठाउँमा ल्याउन सक्ने भन्दै राउतले प्रशंसा गरेका हुन् । विघटित माओवादी घटकहरु एक भएको घोषणा लगत्तै सीके राउतले प्रचण्डको नाम लिएर सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

 उनले भनेका छन्, “प्रचण्डजीको अद्‍भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन म! जस्तोलाई पनि एकठाउँमा ल्याईदिने! अद्वितीय।” Dr. CK Raut ‎@drckraut प्रचण्डजी @cmprachanda को अद्‍भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन म! जस्तोलाई पनि एकठाउँमा ल्याईदिने! अद्वितीय। 4:20 PM – 19 May 2016 विहीबार राजधानीमा आयोजित विघटित १० माओवादी घटकको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताको एकताको चाहानालाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने पुष्टी माओवादीले गरेको बताएका थिए ।

 उनले आन्दोलनरत मधेशी दलहरुलाई पनि राष्ट्रिय एकतामा आउन आह्वान गरेका छन् ।एकता सभामा प्रचण्डले मधेशी आन्दोलनकारी सहित सबै असन्तुष्ट पक्षहरु अव राष्ट्रिय एकतामा आएर विकाशको मार्गमा लाग्नु पर्ने भाषओ गरेका थिए ।

 प्रचण्डको संवाद क्षमतालाई प्रशंसा गर्दै सीके राउतले गरेको ट्वीटको पटक पटक रिट्वीट भएको छ । मधेश छुट्टै बनाउने भन्दै अभियानमा रहेका सीके राउतले प्रचण्डलाई खुलेर प्रशंसा गर्नुलाई धेरैले महत्वका साथ हेरेका छन् ।नेपाली हेडलाइन्स बाट

0 comments

Write Down Your Responses