क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ? नेपाली कलाकारले पाउदैनन : बिदेशीकाे रजार्इ

काठमाडौं /मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, सांसद, सचिवहरूले भिआइपी कक्षबाट ओहोरदोहोर गर्न पाउँछन् । 

सरकारी हैसियत नभएका ख्यातिप्राप्त व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नुपरे सरकारले औपचारिक निर्णय नै गर्नुपर्ने यसअघि गत मंसिर दोस्रो साता भारतीय रक गायक मोहित चौहानलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । 

त्यतिवेला प्रधानसेनापति गौरवशमशेर राणा थिए । उनकै निर्देशनमा गायक चौहानलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको थियो । नेपालका ख्यातिप्राप्त कलाकारले त्यो सुविधा पाउँदैनन् ।

 ‘जंगी अड्डा वा रक्षा मन्त्रालयले औपचारिकता पूरा गरेका छैनन्, सेनाका हाकिमको आदेशमा अभिनेत्रीद्वयलाई भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ,’ विमानस्थलस्थित सुरक्षा स्रोतले भन्यो,

‘प्रधानसेनापतिकी श्रीमतीको पाहुना भनिएपछि उनीहरूलाई कसले रोक्ने हिम्मत गर्छ ?’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses