केटीहरु आफु प्रति आर्कषित भए नभएको बुझ्न चाहानु हुन्छ ?
याद गर्नुस् उनको हाँसो झुठो पनि हुन सक्छ । यदि उनी घाँटि हल्लाउँदै र प्रष्ट देखिने संकेत गरी हाँस्छिन् भने यो बुझ्नुस उनी तपाई प्रति कति पनि रुचि राख्दिनन् । यस्ता केहि सामान्य संकेतहरु छन् जसबाट तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ ।
१) झुठो हाँसो : हाँसो सधैँ सहि हुँदैन । झुठो हाँसोको प्रष्ट अर्थ यो हो की महिला कुनै पनि हालतमा रुचि राख्दिनन् । झुठो हाँसो प्रष्ट बुझिन्छ । यदि मुख अप्ठ्यारो गरि हाँस्छिन् वा पूरा दाँत देखाएर वा चिउँडोलाई अलि माथि उथाएर हाँदै छिन् भने यो बुझ्नुस उनी झुठो हाँसो हाँस्दै छिन् । प्राय : महिलाहरु अन्य कुनै पनि कारणले तर तपाईको साथमा खुसि छिन् र तपाई प्रति नरम भावना देखाउन चाहन्छिन् भने यस्तो हाँसो हाँस्छिन् ।
२) कुरा गर्ने शैलि : महिलाको कुरा गर्ने शैलिले पनि उनी के चाहन्छिन् भन्ने कुरा बुझ्न सकिन्छ । हो वा होइन भन्ने एक शब्दको उत्तरले उनी तपाईको उपस्थितिमा असुविधा महसुस गर्दै छिन् भन्ने बुझ्नु पर्छ । कम वा छिटो छिटो बोलिराखेकि छिन् भने पनि यो बुझ्नुस् उनले तपाईप्रति रुचि राखेकि छैनन् । अधिकांश त प्रेममय वार्तालाप अलि ढिलो तर मिठासपूर्ण हुन्छ । यदि महिला कुनै कुरा व्याख्या गरे जस्तो बोलिराखेकि छिन् भनेयो बुझ्नुस् उनी तपाईसँग छिटो छुटकारा पाउन चाहन्छिन् ।
३) गर्धनको ईशारा : गर्धनको ईशारालाई सधैँ सहि नसम्झनुस् । तपाईको उपस्थितिमा असुविधा भइराखे पनि बोल्नुको साटो गर्धनको ईशारा गरिराखेकि हुन सक्छिन् । यदि उनी तपाईको साथमा कति रमाइराखेकि छिन् भन्ने कुरामा टाउको हल्लाउँछिन् भने तपाईले तुरुन्तै बुझ्न सकिन्छ की उनी अप्ठ्यारो मान्दै छिन् ।
४) बाधा : यदि तपाई उनीसँगै बस्न खोज्नु हुन्छ तर उनी तुरुन्तै उठेर पर सर्छिन् वा अर्को ठाउँमा गएर बस्छिन् भने यो भुझ्नुस उनी तपाईसँग डेटिङको लागि तयारी छैनन् । यदि उनी तपाईसँगै बस्छिन् तर हातमा झोला अथवा अन्य केहि राख्छिन् भने यो सोच्नुस् उनी तपाईसँग अप्ठ्यारो मान्दै छिन् । कहिलेकाँहि महिलाले चाहेरै तपाई र उनको बीचमा केहि वस्तु राखेकि हुन सक्छिन् ताकि तपाईले त्यसलाई सजिलै उठाएर अर्को ठाउँमा राख्न नसकोस् ।
५) कुराकानीको समयमा तपाई प्रतिको हेराइ : यदि महिला तपाईसँग बसेर कुरा गर्दा अधिकांश समय टाउको निहुराउँछिन् वा आफ्नो जुत्तामा हेरेर बस्छिन् भने यो बुझ्नुस् उनी तपाई प्रति कति पनि रुचि राख्दिनन् । तर कहिलेकाँहि तपाईलाई सिधै नहेरि छड्के हेर्छिन् भने यो बुझ्नुस् तपाईले खोजेको जस्तो व्यक्ति होइन । त्यस्तै गरि वार्तालापको क्रममा उनी तपाईको कुम अथवा हात हेर्दै कुरा गर्छिन् भने उनी तपाईसँग कति पनि आकर्षित छैन भन्ने बुझ्नुस् ।
६) स्फुर्ति : यदि महिला वार्तालापको क्रममा एकदम उतेजित हुन्छिन् अथवा अनौठो पाराले प्रतिक्रिया दिन्छिन् भने पनि यो बुझ्नुस् उनी तपाई प्रति रुचि राख्दिनन् ।


0 comments
Write Down Your Responses