सेक्स प्रकरणपछि बदनाम भएका बलिउड हस्तीहरु
मुम्बई – शाइनी अहुजा ४६ वर्षका भए । उनले सन् २००३ मा ‘हजारो ख्वाहिशे ऐसी’ नामक चलचित्रमार्फत बलिउडमा डेब्यू गरेका थिए ।
उनले त्यसपछि ग्याङस्टार, वो लम्हे, लाईफ इन अ मेट्रो, भूल भुलैयाजस्ता हिट चलचित्र खेले ।
तर सन् २००९ मा उनीमाथि बलात्कारको आरोप लाग्यो ।
जसका कारण यि क्षमतावान् कलाकारको करियरमा विराम लाग्यो ।
शाइनी आहूजामाथि उनकै घरमा काम गर्ने एक कामदारले बलात्कारको आरोप लगाएकी थिइन् । कामदारका अनुसार श्रीमती घरमा नभएका बेला शाइनीले उनलाई बलात्कार गथ्र्ये ।
शाइनीले यस आरोपलाई खण्डन गरेपनि डिएनए परिक्षणपछि उनले बलात्कार गरेको पुष्टि भयो । सन् २०११ मा यस प्रकरणमा उनलाई ७ वर्षको जेल सजाय भयो । उनले सर्वोच्च अदालतमा आफू निदोर्ष रहेको भन्दै मुद्दा दायर गरेका छन् र मुद्धाको छिनाफोनो हुन बाँकी छ ।
पुनरागमन भएन
बलात्कारको आरोपपछि पनि शाइनीले घोस्ट नामक चलचित्र खेले । तर सन् २०१२ मा रिलिज भएको उनको चलचित्र फ्लप भयो । यसपछि उनले सन् २०१५ मा वेलकम ब्याकमा पनि खेले । चलचित्र हिट भयो र शाइनीको करियरमा यसले कुनै फाइदा पुर्याएन ।
अरु को–को फसे
सेक्स र बलात्कारको मामिलामा ?
सन् २०१४ मा हैदरावादको बन्जारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेता बासूको नाम जेडियो । उनी दुई महिनासम्म रेस्क्यू होममा बसेपछि घर फर्किएन् । यस विषयमा हैदरावादको अदालतले श्वेतालाई क्लिन चिट दिइसकेको छ ।
उनले मकडी, इकवाल, वाह लाइफ हो तो ऐसी जस्ता चलचित्रमा खेलेकी थिइन् ।
इन्दरकुमारमाथि सन् २०१४ को अप्रिलमा बलात्कारको आरोप लाग्यो ।
उनी सलमान खानसँग निकै नजिक थिए । यस आरोपपछि इन्दरकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनी जमानतमा त्यतिबेलै रिहा भए । तर सलमानसँग वान्टेडमा काम गरेका इन्दरकुमार यस प्रकरणपछि फिल्मी दुनियाँबाट गायब भए ।
आदित्य पञ्चोलीमाथि पनि यस्तै बलात्कारको मुद्धा लाग्यो ।
त्यतिबेला उनी पुजा वेदीसँग प्रेम सम्बन्धमा थिए । आदित्यमाथि यस्तो मुद्धा लागेपछि पुजा बेदीले उनीसँगको सम्बन्ध नै टुंग्याइन् ।
अभिनेत्री ममता कुलकर्णीले राजकुमार सन्तोषीलाई आफ्नो पदको फाइदा उठाएर यौनहिंसा गरेको आरोप लगाइन् । ममतको आरोपले सञ्चारमाध्यममा ठूलै खलबली मच्चियो । ममताले यस्तो आरोप लगाएपछि सन्तोषीले कुनै पनि चलचित्रमा ममतालाई काम दिएनन् ।
यसै प्रकरणपछि ममताको करियर पनि छायाँ पर्दै गयो ।
सन् २००५ मा शक्ती कपूरले पनि चलचित्र खेलाउनका लागि युवतीसँग फाइदा उठाउन खोजेको भिडियो सार्वजनिक भयो । उनले युवतीलाई फकाएर यौन क्रियाकलापमा सहभागि गराउन खोजेको विषय एक स्टिंग अपरेशनबाट सार्वजनिक भयो ।
त्यसपछि शक्तीको पनि बद्नाम भयो ।
अस्मित पटेल र रिया सेनको एमएमएस भाइरल बनेपछि दुबैको ठूलो बद्नामी भयो ।
उनीहरु अभिनित चलचित्र सिलसिले प्रदर्शनमा आउनुभन्दा ठीक दुई दिनअघि यो भिडियो सार्वजनिक भएको थियो । दुबै कलाकारले चलचित्रका लागि यस्तो आपत्तिजनक दृश्य दिनुपरेको बताएर पन्छन खोजे । भिडियोमा उनीहरु यौन क्रियाकलापमा मस्त थिए ।




0 comments
Write Down Your Responses