सलमानको परीवार सँग निकटता बढाउँदै लुलिया,यसै वर्षको अन्त्यतीर बिबाह हुने सम्भावना

सलमान खानले आफ्नो गर्लफ्रेण्ड लुलीया वंतुर सँग आफ्नो सम्बन्धलाई लिएर चुप लागेर बसिरहेको समयमा अहिले सलमान र उनका परिवार सँग लुलियाको अनुहार सँगै आएको छ । 

यसै सन्दर्भमा रीपोर्टस्मा आएको जानकारी अनुसार सलमान र रोमनीयान लुलियाले चाँडैनै बैबाहिक बन्धनमा बाँधिने भएका छन् । साथै सलमान र लुलियाको यस तस्विरलाई नियाल्दा उनिहरुले चाँडैनै बिहे गर्न सक्ने आँकलन गर्न सक्न्छि ।

  सलमान र लुलियाको यस फोटो एयरपोर्टमा क्लिक गरीएको हो । सलमानले सबै एकै साथ ईन्ट्रि गर्नेको फैसाला गरे । त्यहा लुलिया, सलमानकी आमा सलमा खान र बहन अलबिरा अग्निहोत्रिको एकै साथ नजर आएका थिए । साथै सलमान पनि आफ्नो बडिगार्ड सँग त्यसै समयमा देखिएका थिए ।  सलमान सुल्तान फिल्मको लागी पञ्जाबमा थिए । त्यस्तै सुटिङ सेटमा सलमानलाई भेट्न लुलिया पनि त्यहि पुगेका थिए । अहिले परिवार सहित सलमान चंडिगढ बाट मुम्बई फर्केका छन् ।

 एयरपोर्टमा भने सलमान र लुलियाले अलग अलग गरेर ईन्ट्रि गरेका थिए । जहाँ लुलिया सलमानको आमा सलमा सँग देखिए भने सलमान चाँहि आफ्नै बडिगार्ड सँग देखिएका थिए । पछिल्लो समय सलमानको परिवारसँग लुलियाको यसरी बारम्बार नजर आईरहेको छ ।

 सलमान र लुलियाको यस ईशारालाई नियाल्दा उनिहरुले चाँडैनै बिबाह गर्ने संकेत देखिएको छ । यो भन्दा पहिले पनि एक मिडियामा सलमान र लुलियाले बर्षको अन्ततीर बिहे गर्दैछन् भन्ने समाचारमा पनि आएको थियो । त्यस्तै सलमानकी आमा सलमाको स्वस्थ ठिक नभएकोले उनको रेख देख गर्नका लागी पनि उनि सलमानको चाँडै बिहे गरीदिन चाहन्छीन् ।

0 comments

Write Down Your Responses