अच्चम्मको संस्कार : मरेपछि मानिसलाई टुक्रा टुक्रा पारि गिद्धलाई खुवाइन्छ !

६ जेठ | संस्कार मानिसले आफ्नो आफ्नो भौगोलिक विविधता अनुसार विकास गरेका छन् । संस्कार संस्कृति मानव सभ्यताले विकास गरेको दोस्रो प्रकृति हो ।संसारका विभिन्न देशहरुमा विभिन्न थरीका संसारहरु विद्यमान छन् । कतिपय संस्कार संस्कृतिहरु मिल्दा जुल्दा हुन्छन् । तर मृत्युपछि गरिने संस्कार भने प्रायः फरक पाइन्छ । 

 मानिसको शरिर सुक्ष्म तत्वहरुले बनेको कुरामा विश्वास गर्छन् । जल, थल, वायु, अग्नी लगायतका तत्वले मानिसको शरिर बन्छ भन्ने कुरामा तिब्बतिहरु विश्वास गर्छन् । त्यस्तै छिमेकी देश चीनको तिब्बतमा अन्त्यष्टि सम्बन्धि अनौठो प्रचलन प्रचलित रहेको पाइन्छ । बौद्ध धर्मावलम्बी तिब्बतिहरुले मृत्युपछि मानिसको आत्मा उसको शरिरबाट उडेर जाने कुरामा विस्वास गर्छन् । 

उनीहरुका अनुसार यी चार तत्वको मृत्यु भएपछि मानिसबाट उनको आत्मा छुट्टिएर जान्छ । मानिसबाट उसको आत्मा छुट्टिएर गएपछि उनको मृत्यु भएको मानिन्छ । 

दान दिनु भन्दा अगाडि लामाहरुबाट मत्रोउच्चारण गरि पुजापाठ गरिन्छ र मृत्युको तिन दिनपछि मृतआत्माको चिर शान्तिको कामना गर्दै अन्य अन्तेष्टि कर्म गरिन्छ ।

 उनीहरु मृत्युलाई कुनै परिवर्तन भएको मान्दैनन्, मृत्युलाई अन्त्यको अवधारणा अनुसार हेर्छन् । त्यसपछि उक्त अन्त्य भएको निर्जिव शरिरलाई भोका गिद्धहरुलाई काटेर दान दिन्छन् ।तिब्बतिहरु मृत्युभएको ४९ दिनसम्म मृत मानिसको आत्मा वरिपरि घुमिरहन्छ भन्ने विश्वास गर्छन् ।

0 comments

Write Down Your Responses