के हो पिनास, कसरी बच्ने ? यस्ता छन् डाक्टरले दिएका सुझाव

पिनास : पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । 

जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसन (Inflammation)को आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टलसाइनस (Frontal sinus) –निधारमा हुन्छ ।
 २) म्याक्जिलरीसाइनस (Maxillary sinus) –दुवैतिर गालाको भित्री भागमा ।
 ३) इथमोइडल साइनस (Ethmoidal sinus) –आखाँहरुको बीचमा । 
४) स्फेनोइडल साइनस (Sphenodal sinus) –इथमोइडल साइनसको भित्री भागमा । पिनास दुई प्रकारका हुन्छन् :-
 १) एक्युट साइनोसाइटिस (पिनास):- ३० दिन भन्दा कमको पिनास
 ÷१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

 २) क्रोनिक साइनोसाइटिस (पिनास):- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

 पिनास हुनुका मुख्य कारणहरु
:- १) साइनस (Sinus) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु । 
२) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु । 
३) नाकको भित्री भागमा मासु पलाउनु –Nasal polyp वा ट्युमर हुनु वा नाकको भित्रको हड्डी बाङ्गिनु ।
 ४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुँवा–धुलो, गन्ध आदि ।
५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि । पिनासको लक्ष्णहरु

 १) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।
 २) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने 
३) गन्ध वा बास्ना थाहा नपाउने
 ४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिगाँन बग्ने । 
५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको पीडा वा कानको दुखाई 

हुनु । योग तथा प्राकृतिक चिकित्सा:
- १) योग चिकित्सा:
- –अनुलोम विलोम प्राणयाम –कपालभाति प्राणायाम –सूर्यवेदि प्राणयाम 
 २ ) प्राकृतिक चिकित्सा:-
–जलनेति वा सूत्रनेती
 –अनुहारको मालिस 
–अनुहारको वाष्पस्नान
 –नास्य, शिरोवस्ती र शिरोधारा
 –उष्णपादस्नान
 –एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि आहार सम्बन्धी जानकारी:-
 १) प्रशस्त मात्रामा खानु पर्ने:- 
–हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी
 –हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह
–भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि
 २) कम मात्रामा खान हुने:-
 –चिसो गर्ने परिकार जस्तै :
–गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि ।
 –धु्म्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने ।
 –कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका लागि मैत्री खाना होइनन् ।

0 comments

Write Down Your Responses