७० रुपैयाँ दिएर सात बर्षीया बालिका बलात्कृत, अभियुक्त पक्राउ

 गौतम श्रेष्ठ 1 प्रतिक्रिया शेयर १२ जेठ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा अभिभावक नभएको मौका छोप्दै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको थियो । 

 पीडितका अनुसार सोमबार परिवारका सदस्य बाग्मती नदीमा गिटी कुटन गएका बेला साहले बालिका लाई बिस्कुट र चकलेट खान ७० रुपैयाँ दिएर फकाउँदै आफ्नै घरमा लगेका थिए । घरमा पुगेपछि साहले बलात्कार गरेको पीडित वालिकाले प्रहरीलाई बताएकी छन् । प्रारम्भीक स्वास्थ्य परिक्षणबाट पनि बालिकाको बलात्कार भएको पुष्टि भएको छ । उनलार्इ थप उपचारका लागि वीरगञ्ज लगिएको छ ।

 पीडितका अभिभावको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि महिला सुरक्षा दबाव समूह रौतहटले ३ हजार सहयोग गरेको छ । घटनाका आरोपी साहलाई प्रहरीले जिल्ल्ाा अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।

0 comments

Write Down Your Responses