फेसबुक पासवर्डको निहुँमा मनिषा र आशिषबीच थप्पड हानाहान !

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राईकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपी आशिष चौधरीले फेसबुकको पासवर्ड परिवर्तन गरेकोबारे आफूहरुबीच थप्पड हानाहान भएको बयान दिएका छन् । 

 नवलपरासीको बर्दघाटस्थित आफ्नै घरमा मृत फेला परेकी मनिषाको ‘हत्या या आत्महत्या’ बारे किटेर भन्न सकिने अवस्था नआएपनि पाँच बर्षदेखि मनिषसँग प्रेम गर्दै आएका आशिष भनिने रुद्रनारायण चौधरीसँग बुधबार साँझ फेसबुकको पासवर्ड परिर्वतन गरेको विषयमा विवाद भएको खुलेको छ ।

 प्रहरीसँगको बयानका क्रममा आशिषले भनेका छन्– ‘हामीलाई एक अर्काको पासवर्ड थाहा थियो, अचानक उनल पासवर्ड परिवर्तन गरेपछि मैले किन परिवर्तन गरेको भनेर सोध्दा त्यो मेरो पर्सनल कुरा हो भनिन् ।’

 बुधवार कोही नभएको मौका छोपेर करिब ९ बजेतिर मनिषाको घरमा पुगेका आशिष र मनिषाबीच सोही विषयमा भनाभन हुँदा मनिषाले आशिषलाई थप्पड हानेकी थिइन् । 

घटनाको अनुसन्धामा संलग्न प्रहरी अधिकारीका अनुसार आशिषले पनि मनिषालाई थप्पड फर्काएसँगै विवाद चुलिएको थियो । आफूले एक बोतल बियर पिएको गएको बयान दिएका चौधरीले थप्पड हानेपछि आफू मनिषा सुतेको कोठा बाहिर निदाएको बयान दिएका छन् । ‘११ बजे ब्युँझेर भित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा देखेँ’ प्रहरीसँगको बयानमा उनले भनेका छन्– ‘मनिषाले आत्महत्या गरेकी हुन् मैले हत्या गरेको हैन् ।

’ मध्यरातमा झुण्डिएकी मनिषाको पासो आफूले फुकाएको र खाटमा सुताएर घर गएको बयान दिएका आशिषले भनेका छन्, ‘हाम्रो पाँच बर्षदेखि लभमा थियौं ।’ बेल्जियमबाट फर्कँदै विमल बाँया खुट्टामा देखिएको लिगामेन्टको उपचारका लागि बेल्जियम पुगेका फुटबलर विमल घर्तीमगर बहिनीको मृत्युको खबरपछि स्वदेश फर्कँदैछन् । विमल शुक्रवार बिहान नौ बजे त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघले जनाएको छ । उनी वैशाख २९ गते बेल्जियम

0 comments

Write Down Your Responses