सार्वजनिक सवारीमा यस्ताे अत्यचार : यात्रुहरूमाथी तानातानदेखि हानाहान सम्म : सम्बन्धित निकाय किन माैन ? -

Add caption
धरान /यात्रुवाहक बसहरुले आफ्नो सवारी साधनमा यात्रु चढाउनका लागि तछाडमछाड गर्दै यात्रुलाई दुः ख दिने गरेपनि सम्बन्धित निकायले यसतर्फ ध्यान दिन सकेको छैन ।

 धरानको भानुचौकमा रहेको बसपार्कमा गन्तव्यमा हिडेका यात्रुहरुलाई जथाभावि बस रोकेर तान्ने र अनावश्यक तनाव दिने काम हुदापनि यस कार्यको नियन्त्रणमा न त मजदुर नेताहरुले ध्यान दिन सकेका छन् न त ट्राफिक प्रहरीले नै रोक लगाउन सकेको छ । 

धरानको भानुचौकमा रहेको प्राय सबै बसपार्कमा यात्रुहरूमाथी दैनिक यस्ता दुर्ब्यवहार हुने गरेकाे प्रत्यक्ष देखिन्छ । बिशेषगरी पूर्वपश्चिम तथा विराटनगर धरान चल्ने बसहरुले यस्तो प्रकारको कार्य गरेको यात्रुहरूले गुनासाे गरेका छन । समय समयमा यस विषयमा यात्रुहरुले मजदुरमाथि हातपात गर्ने, ट्राफिक प्रहरीकाे कारबाहीमा परेपनि यसको विरोधमा चक्काजाम, आन्दोलन गर्ने र दोषी मजदुरलाई छुटाउने गरेका कारण समेत यस्ता प्रवृर्तीले झनै प्रसय पाउन थालेकाे छ । 

यस सम्बन्धमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी सचिव लक्ष्मी बानियाले यात्रुहरुलाई दुःख दिने गरेको महसुस गरी सम्बनिधत सबैपक्षसँग पटक पटक छलफल, वैठक बसेपनि यस्ता प्रवृर्ती रोकिन नसक्नुमा दुःखद् भएको बताउनुभयो।

 उहाले प्रतिष्पर्धाका कारण बढी रकम संकलन गर्ने उद्देश्यले समेत यात्रु तानातान हुने गरेको बताउदै विशेष गरी सवारीधनीहरुमा मजदुरमाथि हुने दबाबलाई रोक्न आवश्यक रहेको समेत बताउनुभयो । 

 यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले भने यात्रु मजदुर तथा मजदुरका प्रतिनिधि बीच पटक पटक छलफलमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नहुनुमा यात्रुहरू प्रती मजदुरहरुको वेवास्ता रहेको बताउनुभयो । उहाले यस सम्बन्धमा ट्राफिक प्रहरीले बेलाबेलामा कारबाही गरे पनि मजदुरको आन्दोलनलनका कारण कारबाही फितलो हुने गरेको बताउनुभयो ।

0 comments

Write Down Your Responses