पुल्चोकमा मन्त्रीको क्वार्टर भत्किदा, मन्त्रीहरुको भागाभाग

काठमाडौं वैशाख - राजधानीको पुल्चोकमा रहेको मन्त्रीहरु बस्ने क्वार्टर भत्किएको छ । 


गत वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको सामान्य प्रशासन मन्त्री बस्ने घर सोमबार अपरान्ह भत्किएको हो । स्रोतका अनुसार क्वार्टरको पर्खालसँगै जोडिएको निजी घरको जग खन्ने क्रममा आएका कम्पनले मन्त्री क्वार्टर पुरै भत्किएको हो । आफू बस्ने क्वार्टर भत्किएपछि त्यहाँ रहेका मन्त्री, कर्मचारी र प्रहरीहरु भूकम्प आयो भनेर भागाभाग भएको थियो । त्यहाँ रहेका अन्य मन्त्रीहरु पनि बाहिर निस्केका थिए । आफू बस्ने क्वार्टर भत्किएपछि सामान्य प्रशासन मन्त्री रेखा शर्माले डेरा सारेकी छिन् । उनको सरकारी निवासबाट सामानहरु सारिएको छ । 

स्रोतका अनुसार मन्त्री शर्माले तत्कालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आफू बस्ने भवन भत्किएको जानकारी गराएकी थिइन् । मन्त्रीकै सरकारी निवास भत्किएपछि पुल्चोकमा प्रहरीदेखि स्थानीयसम्मको भीड लागेको थियो । उक्त घर भत्किदा अन्य मन्त्रीका निवासहरु पनि हल्लिएका थिए । यसबारेमा सामान्य प्रशासनले मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन् । पुल्चोकमा रहेको उक्त सरकारी क्वार्टरमा मन्त्रीहरु बस्दै आएका छन् । प्रधानमन्त्री भने सरकारी निवास बालुवाटार बस्छन् । वैशाख १२ को भूकम्पले मन्त्री क्वार्टरका सबै पर्खाल भत्काएको थियो भने केही भवनमा क्षति पुगाएको थियो । जसमा सामान्य प्रशासन मन्त्री बस्ने भवन पनि थियो ।

,

0 comments

Write Down Your Responses