सीके राउतको अन्तर्वार्ता लिने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन ।

३० वैशाख, काठमाडौं/प्रेस काउन्सिलले सिके राउतको अन्तरवार्ता प्रशारण गरेको विषयमा आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ ।

 काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको सो निर्देशन दिएको हो । गत चैत्र १७ गते एविसी टेलिभिजनको एबिसी वाच नामक कार्यक्रममा प्रशारित सिके राउतसँगको अन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल् पुगेको र पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर काउन्सिलको छ ।

 एबिसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको थियो । उक्त टेलिभिजनबाट अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्नेे जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ । 

 टेलिभिजनले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर गरिएको काउन्सीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

0 comments

Write Down Your Responses