श्रीमान विदेशमा, श्रीमतीले घरमा आत्महत्या गरेपछि…
गौशाला, २८ वैशाख । महोत्तरीको सिस्वाकटैया गाविसमा आज बिहान एक महिलाले आत्महत्या गरेकी छिन् ।
सिस्वाकटैया गाविस–८ सहसराम बस्ने अजय रामकी पत्नी २२ वर्षीया शिवकुमारी देवीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
आत्महत्याका क्रममा भएको आगलागीबाट उनको घर समेत जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
घरायसी विवादका कारण उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । मृतककी दुई वर्षीया छोरी छन् भने पति वैदेशिक रोजगारमा छन् । रासस


0 comments
Write Down Your Responses