मनिषा घर्ती मगरको हत्यामा संलग्न भएको आरोपमा उनका प्रेमी आशिष चौधरीको पोलिग्राफ जाँच यसरि गरियो
काठमाडौं १८ जेठ - फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा संलग्न भएको आरोपमा उनका प्रेमी भनिएका आशिष चौधरीको ‘पोलिग्राफ’ जाँच गरिएको छ।
इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको पोलिग्राफ जाँच गरिएको हो ।
मनिषा घर्ती मगरको प्रेमी भनिने आशिष चौधरीले झुटो बोलेको हो कि होइन भन्ने पत्ता लगाउन आज उनको पोलिग्राफ टेस्ट गरिएको हो ।
पोखराबाट सुनवल पुगेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोलीले चौधरीको पोलिग्राफ टेस्ट गरेको हो ।
पोलिग्राफ टेस्टको रिजल्ट आउन दुई-तीन दिन लाग्ने बताइएको छ।
हिजो नै उनको पोलिग्राफ टेस्ट गरिने भनिए पनि आशिषले टाउको दुखेको बताएपछी आज मात्र टेस्ट गरिएको हो ।
मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ।


0 comments
Write Down Your Responses