हेर्दाहेर्दै यसरी डुब्यो भूमध्यसागरमा डुंगा, आङ्गै जिरिङ्ग बनाउने दृष्य कैद (भिडियो र फोटोफिचरसहित)
नजिकै भूमध्यसागरमा प्रवासीहरुले खचाखच भरिएको एउटा डुंगा डुब्दै गरेको दृष्य क्यामेरामा कैद भएको छ।
जसमध्ये डुबेको डुंगाबाट ५ सय ६२ जनालाई बचाइएको छ। तर, अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।
समाचारअनुसार नजिकै रहेको उद्धार टोलीको डुंगा देखेर त्यतै सबै यात्रु दौडिदा असन्तुलित भएर डुंगा पल्टिएको हो ।
ज्यान बचाउनका लागि कतिपय प्रवासीले डुंगा समातेका थिए भने कति समुद्रमा हामफालेका थिए । इटलीको बेटिका पेट्रोलिंग डुंगाले उनीहरुलाई बच्नका लागि लाइफ ज्याकेट र हावा भरिएको डुंगा समुद्रमा फ्याँकेका थिए । बेटिका डुंगाका कप्तान फ्रान्सिस्को लभाज्जाले प्रवासीहरुलाई शान्त रहन, एकै स्थानमा उभिन र हिँडडुल नगर्न भनिएको थियो । किनभने डुंगा पहिलाबाटै असन्तुलित भइरहेको थियो । लाभाज्जाले भने–तर डर त डर नै हुन्छ । मानिसहरु डराएका थिए, उनीहरुले हाम्रो कुरा सुनिरहेका थिएनन् । डुंगा भने हेर्दाहेर्दै डुब्दै थियो ।




0 comments
Write Down Your Responses