फेसबुकमा दुई शव्द र १५ बर्ष जेल सजायँ !!

आइ सी’ यो तीनै दुई शव्द हुन्, जुन फेसबुकमा लेखेका कारण एक विधवा महिलालाई राजाको अपमान गरेको आरोप लगाइएको छ । यो घटना हो थाइल्याण्डको, जहाँ राजाको अपमान गर्नु सबैभन्दा ठूलो अपराध मानिन्छ र १५ बर्षसम्म जेल सजायँ हुन सक्छ ।

 थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा मानिसको कपडा धोएर दुई बालबालिकासँगै जीवनयापन गरिरहेकी ४० वर्षीय पतनारी चनकिज यतिबेला जेल सजायँको मुखमा पुगेकी छन् ।

 थाइल्याण्डको अन्य घरहरुमा जस्तै उनको तीनकोठे घरमा पनि त्यहाँका राजा भूमिबोल अदुल्यादेजको तस्वीर झुण्ड्याइएको छ । आफू देशभक्त नागरिक भएको प्रष्ट पार्दै उनले शाही परिवारमाथि कहिल्यै केहि शव्द प्रयोग नगरेको बताएकी छन् ।

 तर, पुलिसका अनुसार पतनारीले फेसबुकमा एक राजनीतिक कार्यकर्तासँगको कुराकानीका क्रममा राजाबिरुद्ध आपत्तिजनक भाषाको प्रयोग गरेकी छन् । पुलिसको दाबी अनुसार उनले राजाको बिरुद्धमा अभद्र टिप्पणीको जवाफमा थाई भाषामा ‘जा’ शव्द लेखेकी थिइन, जसको अंग्रेजी अर्थ ‘आइ सी’ वा ‘ओके’ हुन्छ ।

 यता पतनारी भने आफ्नो आरोपको खण्डन गर्नै आफ्नो छोरा राजनीतिक नेता भएकाले आफुलाई फसाइएको दावी गरेकी छन् । थाइल्याण्डमा दुई बर्षपहिले भएको सैन्य बिद्रोहपछि ६० भन्दा बढि मानिसहरुलाई यस्तै आरोपमा गिरफ्तार गरिएको छ । पछिल्लो महिनामात्रै एक मानिसको राजाविरोधी कथित टिप्पणी गरेको आरोपमा अदालतले ५ बर्षको जेल सजायँ सुनाएको थियो ।

0 comments

Write Down Your Responses