नङले नै देखाउँछ केही जटिल रोगका लक्षणहरु

हालै अमेरिकाको रिसर्च सेन्टरले गरेको एक परिक्षणमा नङले केहि जटिल रोगहरुको लक्षण देखाउने जनाएको छ ।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नङको रंग अनुसार फोक्सोको क्यान्सर, मुटु रोग तथा किड्नी रोग थाहा पाउन सक्छौँ । अध्ययन अनुसार नङको टुप्पो रातो देखिन्छ भने फोक्सोको क्यान्सर अथवा मुटु रोगलाई जनाउछ। त्यसैगरी, नङ पहेलो देखिन्छ भने स्वास प्रस्वास सम्बन्धि रोगलाइ बुझाउछ ।

साथै, नङ आधा रातो र आधा सेतो देखिन्छ भने मृगौलाको रोगलाई जनाउछ । सेन्टरले हरेकले महिनाको एक चोटी आफ्नो नङको रङ याद गर्न पनि सुझाव दिएको छ ।

0 comments

Write Down Your Responses