सेनाको ठाडो आदेशमा भारतीय नायिकालाई भिआइपी कक्ष,परराष्ट्र बेखबर
ख्यातिप्राप्त व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न सरकारले औपचारिक निर्णय गर्नुपर्ने प्रावधान छ ।
तर, बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाको ठाडो आदेशमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ ।
अमरपक्षी नामक नृत्य कार्यक्रममा सहभागी हुन उनीहरू ३० वैशाखमा नेपाल आएका थिए ।
उनीहरूले आउँदा–जाँदा भिआइपी कक्ष प्रयोग गरेका हुन् । सरकारको निर्णयविनै भिआइपी कक्ष प्रयोग गर्न दिइएपछि सो विषय विवादमा परेको छ । नयाँ पत्रिकामा समाचार छ।


0 comments
Write Down Your Responses