अभिनेत्री प्रियंका र अर्पणलाईअबस्थामा यस्तो फुटुङमा भेटिए
काठमाडौं, राजधानीबाट केहीपर फुटुङको एक सुविधासम्पन्न घरको बगैंचामा दुई मानिस गोप्य रुपमा कुराकानी गरिरहेका थिए।
सुविधासम्पन्न घरको कम्पाउन्डभित्र प्रवेश गरेपछि बिस्तारै गोप्य कुराकानी गरिरहेका मानिसहरुको परिचय खुल्दैगयो। गोप्य कुराकानी गरिरहेका मानिसमध्ये एक थिए अभिनेता अर्पण थापा र अर्का प्रवीण खतिवडा। दुई कलाकारको कुराकानी तालमेल नमिल्दा बेलाबेलामा निर्देशक साम्तेन भुटिया एक्सन कट भनिरहेका थिए। फुटुङमा केही दिनअघिदेखि 'अनागत' फिल्मको सुटिङ भइरहेको छ ।
निर्देशक साम्तेन भुटिया, सिनेम्याट्रोग्राफर सिसन बानिया, अभिनेत्री प्रियंका कार्की र केही प्राविधिकहरु अभिनेता अर्पण थापा र अर्का प्रवीण खतिवडाको गोप्य कुराकारी सुनिरहेका छन्। सबैको ध्यान उनीहरुको हाउभाव र संवाद क्यामेरामा कैद गर्न केन्द्रित थियो। पति–पत्नीबीचको दाम्पत्य जीवनमा अपरिचित सम्बन्धले परिवारभित्र निम्ताएको मानसिक द्धन्द्ध वरपर 'अनागत' फिल्मको सुटिङ भइरहेको छ। अभिनेत्री अर्पण थापा र प्रियंका कार्की पति–पत्नीको भूमिकामा छन्। पत्नी कृति (प्रियंका कार्की) ले योजना बनाएर आफ्नो हत्या गर्न लागेको भान सुरेश (अर्पण थापा)लाई छ। गत साताबाट सुटिङ सुरु भएको 'अनागत' राजधानी वरपर खिच्ने जानकारी निर्देशक भुटियाले गराए।
'अपरिचित सम्बन्धले पति–पत्नीबीचको निम्याएको मानसिक द्धन्द्धलाई फिल्ममा समेट्ने कोसिश गरिरहेको छु,'उनले भने,'यसपटक नेपाली कलाका विभिन्न कलात्मक विधालाई फिल्ममा समेटिरहेको छु।' निर्देशक भुटियाले यसअघि यसअघि 'तान्द्रो' र 'लेटर' फिल्म निर्माण गरिसकेका छन् । फिल्ममा अर्पण र प्रियंकाबाहेक प्रवीण खतिवडा, रोसिन सुवेदी लगायतले अभिनय गर्दैछन्। फिल्मलाई चन्द्रके झा र प्रवचन श्रेष्ठले लेखेका हुन् । माउण्टेन रिभर फिलिम्स् र टाइनी बट बिग पिक्चर्सको ब्यानरले फिल्म निर्माण गरिरहेका छन्। फिल्ममा आधा सुरले संगीत दिदैंछ। लागेको हो।




0 comments
Write Down Your Responses