लिफ्टमा थुनिएका अध्यक्ष प्रचण्डलाई माओवादी कार्यकर्ताले लिफ्टको ढोका तोडेर बाहिर निकाले, ३ मिनेट थुनिदा प्रचण्डा बाहिर निकाल्दा डरले पुरै जिउमा पसिना निस्किसकेको

धनगढी - शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' लिफ्टमा थुनिएका छन् । पब्लिक मिडिया क्लबले दुई हप्ता अघि धनगढीको चटकपुरमा खोलेको नयाँ कार्यालय जान लागेका प्रचण्ड लिफ्ट चढेर पाँचौ तलामा पुगेपछि थुनिएका हुन् । 

लिफ्टमा प्रचण्ड करिब तीन मिनेट थुनिएका थिए । फुलमाला बोकेर पाँचौ तलामा कुरिरहेका क्लवका सदस्य ऋषि विनाडीले अध्यक्ष थनिएको जानकारी गराएपछि माओवादी कार्यकर्ताले लिफ्टको ढोका तोडेर प्रचण्डलाई निकालेका थिए । पब्लिक मिडिया क्लबले दुई हप्ता अघि चटकपुरमा रहेको प्रेम खड्काको घरको पाँचौ तल्लामा आफ्नो कार्यालय खोलेको हो । कार्यालयको प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले उद्घाटन गरेका थिए । उद्घाटनका दिन लिफ्ट तयार नभएको भन्दै सबैले हिडेर पाँचौ तला गएका थिए । त्यो दिन क्लबका सञ्चालकलाई, अथितिले लिफ्ट नचलेको भन्दै गुनासो गरेपछि, शनिबार प्रचण्डका लागि भने लिफ्टको तयारी गरिएको थियो । 

प्रचण्ड आउनु अघि क्लबमा आएका थुप्रै पत्रकार त्यही लिफ्ट चढेर पाँचौ तल्ला पुगेका थिए । तर, अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सुरक्षाकर्मीले चढेका बेला पाँचौ तल्लामा पुगेको लिफ्टको ढोका खुलेको थिएन । कार्यक्रमपछि भने प्रचण्ड लिफ्ट नचढी पैदलै झरे । ‘सरकार गिराउने उद्देश्य छैन’ पत्रकार सम्मेलनमा बोल्दै ‘प्रचण्ड’ ले जुनसुकै दलका नाममा राष्ट्रिय सहमति भएपनि अहिले, मुलुकमा राष्ट्रिय सहमति र एकताको आवश्यकता रहेको बताएका छन् । पार्टीको एकीकरणपछि, सात नम्बर प्रदेश स्तरीय प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आएका प्रचण्डले पब्लिक मिडिया क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘अहिले, राष्ट्रिय सहमतिको आवश्यकता छ, तर राष्ट्रिय सहमति मेरै नेतृत्वमा हुनुपर्छ भन्ने हुँदैन । जसको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ, त्यसले नेतृत्व गनुपर्छ ।’ 

अध्यक्ष प्रचण्डले एमालेसँग भएको नौ बुँदे सहमतिमा बजेट पछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएकाले, आफू बहुमतको सरकार गिराउने कसरतमा नरहेको स्पष्ट पारे । ‘नेकपा माओवादी केन्द्र अहिले राष्ट्रिय सहमतिको कसरतमा छ, बहुमतको सरकार गिराएर नेतृत्वका लागि फेरि बहुमतकै सरकार बनाउने हाम्रो कुनै उद्देश्य छैन’ उनले भने । अध्यक्ष प्रचण्डले, संविधान कार्यान्वयन, थारु, मधेसीका मुद्दाको सम्बोधन र स्थानीय निकाय सहितका निर्वाचन गराउन नेपाली कांग्रेसको समेत सहमति आवश्यक रहेकाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय सहमतिको पक्षमा केन्द्रित रहेको दाबी गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा ‘वादल’ मणि थापासहित स्थाई समिति सदस्य, पोलिटब्युरो सदस्यको उपस्थिति थियो ।

, ,

0 comments

Write Down Your Responses