आफ्नैले धोका दिएपछि एउटी लोकप्रिय नायिका सडकमा यसरी अलपत्र परिन् (भिडियोसहित)

हालै भारतको दिल्लीस्थित ग्रेटर कैलाशको सडकमा एक जना नायिका घुमिरहेको फेला परिन् । उनी कुनै चलचित्रको सुटिङका क्रममा सडकमा निस्केकी भने होइनन् । बरु उनी घरबारविहीन बनेर यसरी सडकमा भौतारिएकी हुन् । उनले धेरै मोडलिङका साथै कयौ म्युजिक भिडियो र चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी अर्थात अलीसा खान इमरान हाशमीका साथ चलचित्र आइनामा पनि काम गरिसकेकी छन्। 

                              

उनको आइना नामको चलचित्र आगामी अगस्तमा सार्वजनिक हुने क्रममा छिन् । तैपनि उनी दिल्लीको सडकमा भौतारिन बाध्य छिन् । आश्चर्यको कुरा त उनी आफ्नै भाइ र आमाले घरबाट निकालिदिएपउिनको आइना नामको चलचित्र आगामी अगस्तमा सार्वजनिक हुने क्रममा छिन् । तैपनि उनी दिल्लीको सडकमा भौतारिन बाध्य छिन् । आश्चर्यको कुरा त उनी आफ्नै भाइ र आमाले घरबाट निकालिदिएपछि यसरी सडकमा भौतारिन बाध्य बनेकी हुन् । कुनै समय दिल्ली नजिकै रहेको सहर गाजियावाद बसाउने नवाब गाजीउद्दीनकी नातिनी आफ्नै परिवारले घरबाट निलेपछि सडकमा अलपत्र परेकी हुन् । उनले भनिन्–आफ्नै परिवारले घरबाट निकालेपछि म कहिले मन्दिरमा त कहिले साथीकोमा बस्न बाध्य छु । उनलाई घरबाट निकाल्नुको पनि आश्चर्यजनक कारण बताइन् । उनलाई पहिला प्रेमीले धोका दिए । 

उनको निजी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिदिए । यद्यपि मुम्बई प्रहरीमा उजुरी गरेपछि भिडियो हटाइयो । उनको कुरा मान्ने हो भने उनको प्रेमीविरुद्ध आवाज उठाएको र संचार माध्यममा खबर सार्वजनिक गरेकोमा उनको परिवार यति आक्रोशित बन्ये कि उनलाई घरबाटै निकालियो । त्यसैले अहिले उनी दिल्लीको सडक, मन्दिर र साथीकोमा शरण लिन बाध्य बनेकी हुन् । बलिउडको तडकभडक देखेर धेरैलाई यो रंगिन दुनियामा रम्ने इच्छा हुने गर्दछ । तर यही ग्ल्यामर्स जगतपछाडि लुकेको दर्दनाक वास्ताविकता कयौपटक सार्वजनिक भइसकेका छन् । अलिसा जस्ता कयौ अभिनेत्रीका करिअर फिका हुँदै उनीहरु मृत्युको मुखमा धकेलिने गरेका छन् । केहीले ड्रग्सको साहरा लिने गरेका छन् भने केही सडकमा भिखारीजसरी जीवन बाँच्न बाध्य छन् । एजेन्सी

, , ,

0 comments

Write Down Your Responses