विवाह वन्धनमा बाँधिइन 'झोला' अभिनेत्री गरिमा पन्त
'झोला' अभिनेत्री गरिमा पन्तले विवाह गरेकी छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै गरिमाले आफू विवाहवन्धनमा बाँधिएको घोषणा गरेकी हुन्।
उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन्। गरिमाको विगत केहि वर्षदेखी हरिसँग प्रेममा थिइन्। गरिमा गत वर्ष फिल्म उद्योगका कसैलाई थाहै नदिइ सुटुक्क बेल्जियम लागेकी थिइन्। बेल्जियम पुगेपछि एक रेष्टुरेन्टको फोटो पोस्ट गर्दै आफूले नयाँ व्यवसायमा हात हालेको बताएकी थिइन्।
गरिमाले आफ्नो विवाहलाई सामाजिक कार्यसँग पनि जोडेकी छन्। उनले आफूले प्राथमिक शिक्षा प्राप्त गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मा.बि र उनको गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक विद्या मन्दिर नि.मा.बि .विद्यालयमा आफ्ना बाबुआमा बुबा इन्द्रबहादुर पन्त तथा माया पन्तको संयुक्त नाममा सातलाख नेपाली रुपैयाँ को "गरिब/जेहन्दार विद्यार्थी सहायता अक्षयकोष" स्थापना गर्ने निर्णय गरेकी छन्।
सो रकम दुबै विद्यालयले आधा-आधा पाउनेछन्। उनले स्टाटसमा विवाह गरेको बताए पनि कहिले गरेको भन्नेचाँहि खुलाएकी छैनन्। गरिमाका पति हरिको यो दोस्रो विवाह हो।

0 comments
Write Down Your Responses