चाउचाउ पकाइ रहेकी युबतिको गोलि हानी हत्या...पढ्नुस थप जानकारी

२९ जेठ । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ ।

 शुक्रबार राति ८ः३० बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको र भान्सामा हेर्दा युवती ढलेको अवस्थामा फेला परेको एक स्थानीयले बताए । एक हप्ता अगाडि मात्रै बिदामा घर आएकी मृतक साँउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । 

गोली पड्केको आवाज आएपछि उनका घरमा पुगेका स्थानीयले तत्काल उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पु¥याउन नपाउँदै साँउदको मृत्यु भएको छ ।

 साउँदको पछाडिपट्टिको दायाँ हातको पातामा गोली लागेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । घटना के कति कारण कसले हानेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

0 comments

Write Down Your Responses