ताप्लेजुङमा एक महिला मृत फेला

ताप्लेजुङको हाङ्पाङ गाविसमा बिहिबार राती एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । हाङ्पाङ ९ की ३५ वर्षिय रुपा आङ्वुहाङ घरभित्रै डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ । राती अवेर हजुरबुवाको घरमा पुगेर फर्किएका उनका छोराले झुन्डिएको अवस्थामा मृत देखे पछि प्रहरीलाई खवर गरेका थिए । अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेकी ति महिलाले पटक पटक झुन्डिएर मर्छु भन्ने गरेको उनका छोराले बताएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार उनको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईदै छ । उनि दुई छोरा संग घरमै बस्दै आएको र श्रीमान भने मजदुरी गर्न घरबाहिर रहेको जनाईएको छ । बिहिवार राती घटनाको समयमा घरमा अरु कोही नभएको जनाईएको छ । आत्म हत्या हो या कसैले हत्या गरेर झुन्याएको हो भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

0 comments

Write Down Your Responses