दुखत खबर पाँचथरमा जंगली च्याउ खाँदाथप एक को मृ्त्यु : मृत्यु हुनेको संख्या ९ पुग्यो
जितेन्द्र भण्डारी / पाँचथर -जंगली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला पाँचथर थर्पु ६ बस्ने धन बहादुर मावोको छोरा ५ वर्षिय प्रशान्त मावो रहेका छन् ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गएराती मात्रै फिदिम ३ जैसी डाडा बस्ने १४ वर्षिय निसेस राईको मृत्यु भएको थियो ।
यो सँगै पाँचथरमा दश दिनको अवधिमा जंगली च्याऊ खाएर मात्रै ९ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी ८ जना विरामी उपचाररत छन् ।
उ खाएर बिरामी हुनेहरुको धरानको घोपा, झापाको आम्दा र बिराटनगरको नोवेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


0 comments
Write Down Your Responses