७ वर्षीया बालिकालाई अनौठो सजायँ, आमा-बुवाले जंगलमा छाडे जंगलभित्र हराएकी बच्ची खोज्न सेना परिचालन
१९ जेठ, जापानको उत्तरी द्वीप होक्काइदोको जंगलमा शनिबारदेखि वेपत्ता सात वर्षकी एक बालिकाको खोजीमा सेनालाई परिचालन गरिएको छ ।
७ वर्षीया यामातो तानूकाका आमा-बुवाले पहिले भनेका थिए उनी जंगलमा हराएकी छन् ।
तर पछि उनीहरुले के बताए भने सजायँ दिनका लागि उनीहरु आफैले ति बालिकालाई जंगलमा छाडेका थिए ।
अभिभावकका अनुसार ति बालिकाले सडकमा हिँडडुल गर्ने गाडी र व्यक्तिहरुलाई ढुंगा प्रहार गर्थिन् । त्यसैको सजायँस्वरुप उनलाई जंगलमा छाडिएको थियो, जहाँ अत्यधिक भालु पाइन्छ ।
जंगलमा छाडिएको पाँच मिनेट भित्रै आमा-बुवा पुग्दा छोरीलाई भेटाएनन् र सुरक्षाकर्मीलाई खबर गरियो ।
अहिले ति बालिकाको खोजीमा जापानी सेनाको आत्मरक्षा दल परिचालिन गरिएको छ । सेनाका ७५ जवान यामातो तानूका नामकी ती बालिकाको खोजीमा जंगलभित्र क्रियाशील छन् ।


0 comments
Write Down Your Responses