नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको क्रिडास्थल बन्नसक्ने अमेरिकी चेतावनी

अमेरिकी सरकारले बिहिबार दिउसो विशेष रिपोर्ट सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको क्रिडास्थल बन्नसक्ने कडा चेतावनी दिएको छ । 

अमेरिकी सरकारको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धि विश्वका विभिन्न देशहरुको रिपोर्ट सार्वजनिक गर्दै नेपाल आतंकवादीको क्रिडास्थल बन्नसक्नेमा चासो व्यक्त गरेको हो । गत वर्षको तुलनामा आतंकवादीको क्रिडास्थल बन्नसक्ने सम्भावना बढेर गएको रिपोर्टमा संकेत गरिएको छ । रिपोर्टमा भनिएको छ– ‘भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा प्रयोग गर्नसक्ने जोखिम अझ बढेर गएको छ ।’ 

विमानस्थलमा कमजोर सुरक्षा र खुल्ला सिमाना मुख्य चुनौती गतवर्ष सार्वजनिक रिपोर्टमा नेपाल आतंकवादीहरुको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने भन्दै चासो व्यक्त गरिएको थियो । तर बिहिबार सार्वजनिक रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट प्वाइन्टमात्र नभई क्रिडास्थल नै बन्ने सम्भावना रहेको भन्दै विशेष चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘नेपालको भारतसँगको खुल्ला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कमजोर सुरक्षा नियन्त्रण कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी समुहहरुले ट्रान्जिट प्वाइन्ट र आफ्ना गतिविधि गर्ने सम्भावित क्रिडास्थल केन्द्र बनाउनेप्रति चासोले निरन्तरता पाएको छ ।’ 

आतंकवादविरोधी कानुनको अभाव अमेरिकी रिपोर्टमा नेपालभारतबीचको खुल्ला सिमानाका कारण आतंकवादको खतरा औंल्याइएपनि सिमाक्षेत्रबाट आतंकवाद नियन्त्रणका दिशामा नेपाल र भारतले समन्वय गरेको जनाइएको छ । यद्यपी आतंकवाद विरोधी लाडाईमा नेपालमा विधिको अभाव रहेको, कानुन कार्यान्वयन हुन नसकेको र सिमा सुरक्षामा समस्या रहेको रिपोर्टमा उल्लेख छ । नेपालमा आतंकवादविरोधी कानुनको अभाव रहेकोमा अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘आतंकवाद वा आतंकवादी सञ्जालहरुलाई सामाग्री सहयोग गर्नेहरुलाई अपराधीका रुपमा कारवाही गर्नका लागि नेपालमा कानुनको अभाव रहेको छ । उदाहरणका लागि आतंकवादी गतिविधिमा संलग्न हुनेहरुलाई पनि नेपाली अदालतमा हत्या वा हिंशाको कानुन अन्तरगत मुद्दा चलाइन्छ ।

आतंकवादविरुद्ध लड्न साधनश्रोतको अभाव प्रायजसो नेपाली अधिकारीहरुले नेपाली माटोमा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम कम रहेको वा हुँदै नभएको रुपमा नेपाललाई हेर्ने गरेको र नयाँ कानुनको निर्माणमा उत्प्रेरणा निकै कम रहेको अमेरिकी रिपोर्टमा जनाइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘नेपालले आतंकवादी घटनाको प्रतिउत्तरका लागि नेपाल प्रहरीको विशेष ब्यूरोमा युनिट त बनाएको छ तर कानुन कार्यान्वयन युनिटसँग संदिग्ध आतंकवादीको प्रभावकारी पहिचानका लागि सिमित क्षमतामात्र रहेको छ । भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा प्रयोग गर्नसक्ने जोखिम अझ बढेर गएको छ ।’ 
                                                                                                                                                                 नेपालसँग साइबर, डीएनए, बिष्फोटक जस्ता प्रमाणका आधुनिक रुपहरुको अभ्यास गर्नका लागि सिमित क्षमतामात्र रहेको रिपोर्टमा जनाइएको छ । यद्यपी नेपालको कानुन कार्यान्वयन निकायले त्यसका लागि बाह्य प्राविधिक सहयोग र तालिमका लागि भने रुची देखाएको रिपोर्टमा उल्लेख छ । अमेरिकी रिपोर्टमा नेपालले दक्षिण एसियाका देशहरुबाट आतंकवादीहरुबारे अनुसन्धानका लागि भएका अनुरोधमा भने समन्वय गरेको जनाइएको छ । काठमाडौंमा रहेको विमानस्थलमा रहेको कमजोर सुरक्षा अवस्थाबारे विशेष चासो व्यक्त गर्दै रिपोर्टमा भनिएको छ –‘काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोलाहरु परिक्षण गर्ने नयाँ आधुनिक पद्धती र यात्रुहरुको एकलरुपमा चेकजाँच गर्ने प्रणालीको अभाव रह्यो । 

विमानस्थलका कर्मचारीहरुलाई विमानस्थलका सबैक्षेत्रमा पुग्न निषेध गर्नमा कमजोर नियन्त्रण रह्यो । साथै कर्मचारीहरुको प्रारम्भिक तथा नियमित पृष्ठभूमी परिक्षण आवश्यक मात्रमा रहेन । ’ नेपाली प्रहरी अधिकारीहरुले अमेरिकी सरकारको आतंकवादविरोधी सहायता कार्यक्रममा भाग लिएको र तालिम नेपालभित्र र बाहिर आतंकवादी ट्रान्जिटबाट देशको सिमा (हवाई र थल दुबै ) सुरक्षित गर्न जनपथ सुरक्षा शक्तिको क्षमताबृद्धिमा केन्द्रीत रहेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारले आतंकवादीहरुलाई हुने आर्थिक सहायता रोक्ने दिशामा भने प्रगति गरेको रिपोर्टमा जनाइएको छ । तर त्यो दिशामा थप कार्य र पहल आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । आर्थिक अपराधको अनुसन्धान र सिमा सुरक्षा लगायतका विषयमा दक्षता विकाशका लागि थप कार्य जरुरी रहेको रिपोर्टमा औल्याइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘सरकारी भ्रष्टाचार, कमजोर सिमा सुरक्षा कार्यान्वयनका साथ खुल्ला र ठूलो सिमाना, आर्थिक क्षेत्रका सिमित नियमहरु र ठूलो संख्यामा अनौपचारिक अर्थतन्त्रले नेपाललाई मनी लण्डरिंग र आतंकवादीलाई आर्थिक सहयोगका दिशामा संवेदनशिल बनाइरह्यो । ’ 

आतंकवादीलाई आर्थिक सहयोगको खतरा लेखक लेखक हुण्डी र हवाला जस्ता गैरकानुनी माध्यमबाट पैसाको ओसारपसार हुने गरेको प्रति पनि अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । सरकारी र बैंक उद्योगका अधिकारीहरुका अनुशार ४० प्रतिशतको हाराहारीमा रकमको ओसारपसार हुण्डी र हवाला जस्ता गैरकानुनीमाध्यमबाट हुने गरेको अमेरिकी रिपोर्टमा जनाइएको छ । विदेशबाट आउने रकमको श्रोत कानुनी वा गैरकानुनी रहेको निर्धारण गर्नमा नेपाल सरकारसँग सिमितमात्र क्षमता रहेको भन्दै रिपोर्टमा यसबारे चासो व्यक्त गरिएको छ । नेपाल र भारबीचको खुल्ला सिमानाका कारण पैसा, सुन र जालीनोटको तस्करी पत्ता लगाउन कठिन भइरहेकोमा रिपोर्टमा जोड दिइएको छ । 

नेपाली अधिकारीहरुले कानुन कार्यान्वयन निकायहरुलाई सघाउन आर्थिक तथ्यांकसहितको कम्प्युटर प्रणाली जडान गरी सम्भावित आतंकवादीहरुको सम्पत्ति पत्ता लगाउने र रोक्का गर्ने घोषणा गरेको रिपोर्टमा जनाइएको छ । तर सन् २०१५ को अन्त्यसम्ममा पनि त्यस्तो कम्प्युटर प्रणाली संचालनमा नआएको रिपोर्टमा जनाइएको छ । नेपालको केन्द्रीय बैंकले आतंकवादीलाई आर्थिक सहयोग गरेको सुचना नआएसम्म गैरनाफामुलक संस्थाहरुलाई नियन्त्रण गर्न नसकेकोपनि रिपोर्टमा जनाइएको छ । रिपोर्टमा नेपाल बाहेक विश्वका अन्य देशहरुको अवस्थाबारे पनि उल्लेख गर्दै विश्व आतंकवादको खतरा गत बर्ष तीब्र गतिमा बढेको उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses