दिनभर छोरासँग रक्सी – कोठामा बन्धक बनाई ७५ वर्षीया आमालाई बलात्कार पछि हत्या

केहिदिन अघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी–७५ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ ।

 वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वषीृया वृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् । निजलाई उक्त दिन सोही स्थानका २१ वर्षीय मित्रलाल कामीले बलात्कारको प्रयासका क्रममा खाटबाट तल खसाल्दै टाउकोमा गम्भीर चोट लगाएको र सोही क्रममा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।

 निजले मृतक महिलाका छोरा कृष्णबहादुर थापासँग दिनभरी बसेर रक्सी खाएको र छोरा कृष्ण केहिबेर घरदेखि बाहिर गएको मौका छोपी उनकी आमालाई बलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।

 कोठामा बन्धक बनाई किशोरी बलात्कार गर्ने प्रहरी हिरासतमा केही दिनअघि गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ ।

 अमरपुर–३ का २१ वर्षीय बालकृष्ण लम्साललाई प्रहरीको हिरासतमा राखिएको हो । निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको निज किशोरीले उजुरी दिएपछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । 

 बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्तीकरणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । स्रोतका अनुसार सुरुमा उनीहरु राजीखुशी त्यस होटलमा बस्न आएका थिए ।

0 comments

Write Down Your Responses